दशैंमा दुई चलचित्रको भीडन्त, कसले मार्ला बाजी ?

6akka panja

काठमाडौं । दशैंको छेक पारेर बुधबार दुई चलचित्र प्रदर्शनमा आएका छन् । खासगरी अरु समयमा चलचित्र रिलिज गर्न शुक्रबार कुर्ने निर्माताहरुले दशैंका बेला भने कुनै बार नहेरी आफ्ना चलचित्र हलमा ल्याएका छन् ।

कतिपय मानिसहरु अरु समयभन्दा दशै तिहार चाडपर्वको बेला मनोरञ्जनका लागि चलचित्र हेर्ने गर्छन् । चलचित्र निर्माताले पनि ब्यवसाय आफ्नो पक्षमा पार्न यस्तै समयमा प्रदर्शनमा ल्याउँछन् ।

यो दशैंमा राम्रो व्यापार गर्ने आसा गरिएको नेपाली चलचित्र छक्का पञ्जा २ प्रदर्शनमा आएको छ । यसलाई कमेडी बिषयमा निर्माण गरिएको यसका निर्माताहरुहरुले बताएका छन् । त्यसैगरी बुधबार नै अर्काे चलचित्र ‘मेरो पैसा खोई’ पनि प्रदर्शनमा आएको छ ।

रोज राणाको निर्देशनमा ‘मेरो पैसा खोई’ चलचित्र प्रदर्शनमा आएको छ भने दीपाश्री निरौलाको निर्देशनमा ‘छक्का पन्जा २’ प्रदर्शनमा आएको छ ।

‘छक्का पन्जा २’ मुलतः कमेडी शैलीमा निर्माण भएको चलचित्र ‘छक्का पन्जा’को सिक्वेलको रुपमा निर्माण गरिएको निर्देशक दीपाश्री निरौला बताउँछिन् ।

१६ करोड कमाउन सफल चलचित्र छक्का पन्जाको यो अर्को श्रृंखलाले पनि त्यो भन्दा बढी ब्यवसाय गर्ने अनुमान धेरैको छ। दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

त्यसैगरी ‘मेरो पैसा खोई’ पनि बुधबारदेखि नै प्रदर्शनमा आएको छ । यो चलचित्र पनि कमेडी विषयमै निर्माण गरिएको निर्देशक रोज राणा बताउँछन् । यसमा सौगात मल्ल, वर्षा राउत, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस