पूर्वराजा ज्ञानेन्द्र भन्छन्, जनतामा निराशा किन छायो ? (विज्ञप्तीसहित)

G shaha

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समयमा नेपाली जनतामा निरासा छाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपालीको महान चाड विजयदशमीको अवसरमा देशभित्र र देश बाहिर बस्ने सबै नेपाली जनतालाई शुभकामना दिँदै पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक अस्थिरतासँगै जनतामा निरासा छाउनु सुखद नभएको बताएका छन् । उनले यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुँदै आएको अनुभव हुनु सुखद विषय हुँदै नभएको बताएका छन् ।

उनले आफ्नो विज्ञप्तीमा भनेका छन्, ‘एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहाँ स्वाभिमान गुम्ने र सम्वृद्धि छाडिने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।’ उनले पारस्परिक विश्वास, सम्मान र एकताले मात्र समृद्धिको दिशामा अघि बढ्न सक्ने पनि बताएका छन् ।

उनको विज्ञप्तीमा भिनएको छ, ‘राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं ।’ सो विज्ञप्तीमा राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको स्पष्ट पारेका छन् ।

मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित भइरहेको र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिएको भन्दै पूर्व राजा ज्ञानेन्द्रले दलहरुको पनि कडा आलोचना गरेका छन् । उनले राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनु देशका लागि शुभ संकेत नभएको र किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजी निती हुनु आवश्यक भइसकेको टिप्पणीसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस