कान्छो महानगरमा फोरमको झण्डा

उपमेयरमा भने कांग्रेस विजयी

Birgaunj meyar

वीरगञ्ज । प्रदेश नं. २ को कान्छो महानगरपालिका अर्थात् वीरगञ्ज महागरपालिकामा संघीय समाजवादी फोरमले जित हात पारेको छ । उपमेयरमा भने नेपाली कांग्रेसले जितेको छ ।

प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा समाजवादी फोरमका विजयकुमार सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दै प्रदेश नं. २ मा फोरमको बलियो उपस्थिती जनाएका छन् ।

उनले नेपाली कांग्रेसका अजय द्विवेदीलाई १ सय ९६ मतको झिनो अन्तरले पराजित गरे । द्विवेदीले १९ हजार १ सय ९७ मत पाएका थिए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्कीले १९ हजार ६ सय ७ मत ल्याउँदै विजयी भइन् । उनले संघीय फोरमकी पिंकी यादवलाई १ हजार ७७ मतको अन्तरमा पराजित गरिन् । यादवले १८ हजार ५ सय ३० मत पाएकी थिइन् ।

वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

प्रतिकृया दिनुहोस