दोलखा भीमेश्वरमा अनिष्टको सूचक, दुई पटक आयो मुख्य शीलामा पसिना

Vimesor mandir

दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकास्थित दोलखा बजारमा रहेको भीमेश्वर मन्दिरमा रहेको मुख्य शिलामा मंगलबार दिउँसो लगातार दुईपटक ‘पसिना’ आएको छ ।

भीमेश्वरको मुख्य शिलामा पसिना आए अनिष्ट हुने जनविश्वास छ । भीमेश्वरको चट्टान (शिला)को विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गरिन्छ । यसअघि पनि भीमेश्वर मन्दिरमा पसिना आउँदा विभिन्न प्रकारका घटना हुने गरेको छ ।

मंगलबार दिउँसो २ बजेर ५५ मिनेटमा पसिना आउन सुरु गरेर ३ बजेर २० मिनेटमा रोकिएको थियो । पुनः ३ बजेर ५१ मिनेटमा पसिना आएको भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए ।

यस्तो छ इतिहास
वि.सं. १९९० मा भूकम्प आउनुपूर्व पनि यहाँको मन्दिरमा पसिना आएको थियो । २००७ को राणा शासनको अन्त्य हुनुपूर्व पनि भस्ीमेश्वर मन्दिरमा पसिना आएको थियो ।

खासगरी राजपरिवारको अन्त्यका बेला अनिवार्य जस्तै यो मन्दिरमा पसिना आएको स्थानीयको भनाई छ । २०११ को राजा त्रिभुवनको देहान्त हुनुअघि पनि यो मन्दिरमा पसिना आएको थियो । २०२८ मा राजाको देहान्त तथा दरबार हत्याकाण्ड हुनुपूर्व पनि पसिना आएको स्थानीयहरु बताउँछन् ।

पछिल्लोपटक पछिल्लोपटक २०७० मा दुईपटक पसिना आएको थियो । तर, सो वर्ष नेपालमा कुनै अप्रिय घटना भने भएनन् । त्यो बेला राजनीतिक अस्थिरता भने कायम थियो । राजनीतिक दलहरु भने संविधान बनाउने तयारीमा थिए । त्यस बेला तत्कालीन राष्ट्रपति रामवरण यादवले क्षमापूजा गरेका थिए ।

के छ चलन ?
राजाको शासनकालमा राजाद्वारा क्षमापूजा गरिन्थ्यो । दरबारबाट बोका र पूजा सामग्री पठाएर पूजा गर्ने चलन थियो । भीमेश्वरमा पसिना आउँदा दरबारलाई पिरोल्छ भनिन्थ्यो ।

भीमेश्वर मन्दिरमा पसिना आउँदा राष्ट्र प्रमुखले याचना गर्ने चलन छ । पहिले राजसंस्था हुँदा राजाले याचना गर्ने र त्यसरी याचना गर्दा कुनै अनिष्ट हुँदैन भन्ने विश्वास छ ।

पछिल्लोपटक पछिल्लोपटक २०७० मा दुईपटक पसिना आएको थियो । त्यो बेला तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले क्षमापूजा गरेका थिए ।

नेपालमा ठूलाठूला सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनिष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।

याचनाको तयारी
०७० मा पसिना आउँदा राष्ट्र प्रमुख थिए डा. रामबरण यादव । अहिले राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारी छन् । राष्ट्रपतिलाई भीमेश्वर मन्दिरमा पसिना आएको बारे जानकारी गराउने तयारी भइरहेको छ ।

पूजा व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपतिलाई जानकारी दिने चलन पनि छ ।

प्रतिकृया दिनुहोस