दशैंपछि सिङगिङ र डान्स प्रतिभाको खोजी हुने

Singing dance khoji

काठमाडौं । नेपाल आइडलमा सहभागीहरुको जति चर्चा भयो, अन्य रियालिटी शोहरुमा सहभागीहरुको चर्चा त्यति हुन्न । कारण अन्य शोहरुमा मात्र लुकेका प्रतिभालाई प्रष्फुटन गरिन्छ । फेरि यस्तै लुकेका प्रतिभाको खोजी गर्दै सङगिङ स्टार र डान्स स्टारको खोजी हुने भएको छ ।

सनसाईन प्रोडक्सन हाउसले दशैंपछि स्थानीय तहमा लुकेर बसेका प्रतिभाको खोजी गर्न सिङगिङ स्टारको रुपमा लैबरी लै र डान्स स्टारको खोजीमा योङ स्टार डान्स कम्पिटिसन गर्ने भएको छ ।

‘सिङगिङ स्टार र डान्स स्टारको खोजीमा’ केन्द्रित रहेको सनसाइनले दुबैको अडिसन सम्पन्न गरिसकेको छ । देशका विभिन्न स्थान धादिङ, हेटौडा, काभ्रे, उदयपुरको बेल्टार, गाईघाट र नुवाकोटमा पुगेर अडिसन राउण्ड सम्पन्न भइसकेको सनसाईन प्रोडक्सनकी निर्देशक प्रमिला तामाङले बताइन् ।

उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौमा समेत अडिसन लिइसकिएको छ । अब प्रशारणको अन्तिम चरणमा पुगेको निर्देशक तामाङ बताउँछिन् । राजधानीमा मात्र ४ सयभन्दा बढि स्कुलका विद्यार्थीहरुले अडिसन राउण्डमा सहभागी भएका थिए ।

यो रियालीटी शोमा ७ देखि १२ वर्षका विद्यार्थीलाई जुनियर र १३ देखि २० वर्षका किशोर किशोरीलाई सिनियरतर्पm सहभागी गराइएको छ । लैबरी लै सिङगिङ शोको निर्णायकहरुमा तेजवती जोशी, नारायण लामा र गोपाल तामाङ छन् भने योङ स्टार डान्स कम्पिटिसनका निर्णायकहरुमा कृष्ण विराज र विजय घिसिङ छन् ।

प्रतिकृया दिनुहोस