निमा र दीपकले विश्व उसुमा सहभागिता जनाउने

Usu 9

काठमाडौं । रुसको कजानमा हुने १४ औं विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

सेप्टेम्बर २६ देखि अक्टोबर ४ तारिखसम्म हुने च्याम्पियनसिपको महिलामा निमा घर्ती मगर तथा पुरुषमा दीपक हमालले प्रतिस्पर्धा गर्नेछन् । दुबैले थाउलोको नान् छ्वान अलराउन्ड स्पर्धामा भाग लिने छन् ।

निमाले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जितेकी थिइन् । निमाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी थिइन् । विश्व च्याम्पियनसिप निमाको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । दीपकको भने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलाडीलाई आर्थिक सहयोग र ट्रयाक सुट प्रदान गरी सोमबार बिदाइ गरे । खेलाडीलाई प्रोत्साहन स्वरुप जनही १३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रमा बोल्दै खेलाडीद्वय निमा र दीपकले सक्दो उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीमा क्षमता छ भन्ने सन्देश दिन प्रयास गर्ने धारणा व्यक्त गरे । खेलाडी मंगलबार राती फ्लाइ दुबईबाट रुस प्रस्थान गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...