उमाकान्त चौधरीको नगरमा एमालेको झण्डा

Uml jhanda 9

बारा । नेकपा एमालेको गढ मानिएको कोल्हवी नगरपालिकामा फेरि पनि एमालेले आफनो कब्जा जमाएको छ ।

कोल्हवी नगरपालिकामै छ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीको घर । तर, चौधरीकै इलाकामा एमालेले कब्जा जमाएको छ ।

२ असोजमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कोल्हवी नगरपालिकामा एमालेका भरत भण्डारी मेयर र सुनैना चौधरी उपमेयरमा निर्वाचित भएका छन् ।

मेयरमा भण्डारीले ७ हजार ४ सय १ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मुरलीधर चौधरीले ७ हजार २ सय ५ मत ल्याएका थिए ।

उपप्रमुखमा विजयी चौधरीले ७ हजार ३ सय ८४ मत ल्याइन् । उनकी प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सुभ्रदा धिमालले ७ हजार १ सय ७८ मत प्राप्त गरिन् ।

प्रतिकृया दिनुहोस