रानाभाट बने यो वर्षको लिगलिगे राजा

Liglige daud

गोरखा । यस वर्षको लिगलिगे दौड जितेर नेपाली सेनाका खगेन्द्र रानाभाट श्रीपेच लगाएर लिगलिगे राजा बनेका छन् ।

सोमवार भएको लिगलिगे दौडको नवौं संस्करणको उपाधि नेपाली सेनाका रानाभाटले श्रीपेच पहिरिएका छन् । दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ ।

यो वर्ष दौडमार्फत डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको छ । खेलकुदमन्त्री राजन केसीले रानाभाटलाई श्रीपेच र ५० हजार पुरस्कार प्रदान गरे ।

चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोटसम्मको १३.५ किलोमिटरको दुरी १ घण्टा २ मिनेटमा पार गर्दै डोटीका रानाभाट लिगलिगे राजा बनेका हुन् । चेपे नदीस्थित चेपेघाटदेखि लिगलिगकोट डाँडासम्म दौड पूरा गर्नुपर्ने नियम छ ।

निर्धारित दूरी एक घण्टा ३ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत दोस्रो भए । एक घण्टा ५ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै कृष्ण बस्नेत तेस्रो भए ।

११७ जना धावकले दौड प्रतियोगितामा भाग लिएको आयोजक संस्थाका उपाध्यक्ष सरोज देवकोटाले बताए । दौडमा स्वदेशी, विदेशी धावक सहभागी हुन पाउछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...