नायक दिक्पालले ‘मिष्टर ग्राण्ड’ मा सहभागिता जनाउने

Dikpal karki

काठमाडौं । नायक दिक्पाल कार्कीले फिलिपिन्समा हुने पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा भाग लिने भएका छन् ।

करीब ४० देशका प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगितामा नेपालबाट दिक्पालले प्रतिनिधित्व गर्ने भउका हुन् । त्यसका लागि उनी फिलिपिन्स प्रस्थान गरेका छन् ।

फिलिपिन्सको मनिलामा हुने ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा उनले १२ दिनसम्म आफ्नो प्रतिभा देखाउने छन् । प्रतियोगीतामा उनले फोटोसुट, ¥याम्पवाक, स्पोट च्यालेन्ज, स्पिच कम्पिटिसन लगायतमा राउन्डहरु हुँदै फाइनलका लागि भिडन्त गर्नेछन् ।

‘रंग बैजनी’ र ‘च्याम्पियन’ फिल्ममा समेत अभिनय गरिसकेका दिक्पाल यसअघि मिष्टर काठमाडौं (२००९), म्यानहन्ट इन्टरनेशनलको रनर्स अप (२०१२), मिष्टर ग्लोवल नेपालका विजेता (२०१६) हुन् । उनले मिष्टर ग्लोवल २०१६ मा थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

प्रतिकृया दिनुहोस