साँफे–मार्तडी राजमार्ग अवरुद्ध

Sanphe martadi sadak

बाजुरा, ३ दिनदेखिको लगातार वर्षाका कारण आइतबार बिहानदेखि साँफे–मार्तडी सडकखण्डअन्तर्गतको तिपाडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्धपछि छोटो तथा लामो दूरीका यातायातका साधन र मानिस आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सडकको माथि रहेको सामुदायिक वनबाट आएको पहिरोले सडक अवरुद्ध भएका कारण यात्रु अलपत्र परेको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए ।

भट्टले दिएको जानकारीअनुसार पहिरो पन्छाउन सडक निर्माणको जिम्मेवारी लिएको पी एस कन्स्ट्रक्सनको डोजरलाई आग्रह गरिएको बताए ।

पहिरो बिहान ६ बजेतिर गएको प्रजिअ लुकबहादुर क्षेत्रीले बताए । दशैँ मनाउन जिल्ला फर्कन थालेका लामो दूरीका यात्रु भने बीचबाटोमा अलपत्र परेका छन् ।

३ महिनापछि सञ्चालनमा आएको साँफे–मार्तडी सडकखण्ड फेरि अवरुद्ध हुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ । सो सडकखण्ड पटक–पटकको सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...