घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको सम्झना  

Ghunsa

काठमाडौँ । ताप्लेजुङ जिल्लाको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी दिवंगत भएका पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईलगायत २४ जना संरक्षणविद्को सम्झना गरिएको छ ।

राष्ट्रिय शहिद तथा शान्ति स्मारक गोकर्णेश्वर र गोपाल–मीना राई प्रतिष्ठानले आज घुन्सा स्मृति स्मारक निर्माण स्थल यज्ञडोल जगडोल सामुदायिक वनमा आयोजना गरेको कार्यक्रममा डा हर्क गुरुङलगायत संरक्षणविद्ले पु¥याएको योगदानका बारेमा चर्चा गरियो ।

विसं २०६३ असोज ७ गते सामुदायिक वनको कार्यक्रममा भाग लिन जाँदा राज्यमन्त्री राई, संरक्षणविद् गुरुङलगायत २४ जना व्यक्तित्वको घुन्सा दुर्घटनामा दुःखद निधन भएको थियो ।

मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको बैठकले गोकर्णेश्वरको यज्ञडोल जगडोल सामुदायिक वनमा राणा शासनको अन्त्यदेखि सबै परिवर्तनका क्रममा शहादत प्राप्त गरेका शहिदको सम्मानमा राष्ट्रिय शहीद स्मारक, ताप्लेजुङको घुन्सा दुर्घटनाको सम्झनामा घुन्सा स्मृति स्मारक र राष्ट्रसेवक निजामती कर्मचारीले पु¥याएको योगदानको सम्झनामा निजामती स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

सरकारले निर्णय गरेको ११ वर्षमा स्मारक निर्माणको पहिलो चरणको काम सम्पन्न भएको आज आयोजित कार्यक्रममा स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । बाँकी काम २ वर्षभित्रसक्ने प्रतिबद्धता थियो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको द्वन्द्वोत्तर परियोजनाअन्तर्गत स्मारक निर्माण भइरहेको छ ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, नेपाली काँग्रेसका नेता लालबहादुर लामा, नेकपा माओवादी केन्द्रका कृष्ण केसी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगर, प्रतिष्ठानका अध्यक्ष लेखबहादुर राईलगायतले घुन्सा दुर्घटनामा जीवन अर्पण गर्नुहुने व्यक्तित्वले नेपालको वन एवं संरक्षण क्षेत्रमा पु¥याएको योगदानका विषयमा चर्चा गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...