जिप दुर्घटना एकको मृत्यु  

जिप दुर्घटना

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा शनिबार १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् ।

गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा११च ८८०३ नंको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३ स्थित भंगारी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी जिपका चालक इस्मा गाउँपालिका–२ निवासी ३४ वर्षीय डम्मर कुँवर घाइते भएका छन् । घाइते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । दुर्घटना भएको उक्त जिप सडकबाट करिब २ सय मिटरभन्दा तल खसेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...