सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

लहान । सिरहाको १७ स्थानीय तहमध्ये बिहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा ९माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले ४/४ तथा नेपाली काँग्रेसले २ स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।

सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा यशु ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएका छन् ।

उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले ५ हजार ८९ मत प्राप्त गरे भने नेकपा एमालेकै उपप्रमुख पदका उम्मेदवार सुनितादेवी सिंहले ४ हजार ९२५ मत प्राप्त गरे ।

यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी भएकी छन् ।

उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अचमितलाल चौधरीले ९ हजार १३१ मत प्राप्त गरे । भने काँग्रेसकै उपप्रमुख पदकी उम्मेदवार पुनम चौधरीले ९ हजार ९ सय ६ मत प्राप्त ग रे ।

त्यस्तै सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ ।

फोरमका सन्तोषकुमार महतोले ३ हजार ९७९ मतसहित प्रमुखमा विजयी हुनभएको छ, भने फोरम नेपालकै रेखाकुमारी यादव ३ हजार ७६३ मतसहित उपाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा काँग्रेसका बालेश्वर यादवले २ हजार ८८१ र उपाध्यक्षमा काँग्रेसकै कुमारी यादवले २ हजार ८५५ मत ल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...