उपत्यकाका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

Bagmati sarsaphai

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २ सय २८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघि सफाइ गरी ८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सहभागिता थियो ।

सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेज प्रतियोगिताका ३० जना सहभागी पनि सामाजिक उत्तरदायित्वको भावनाले आजको वाग्मती सफाइमा सहभागी भएका थिए ।

पशुपतिनाथ मन्दिर क्षेत्रको विशेष सफाइ गरिरहेको खेम्स क्लिनिङका खेम शर्मा, मुक्तिनाथ विकास बैंक, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित, जीवन विज्ञान नेपाललगायतका संस्थाले सफाइमा सक्रियता जनाए ।

सफाइपछि आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र खेम्स क्लिनिङका खेम शर्माले सांस्कृतिक धरोहरका रुपमा रहेका उपत्यकाका नदीनाला सफाइ अभियानमा निश्चित व्यक्ति र संस्था मात्र नभइ सबैको उत्तिकै सहभागिता हुनुपर्नेमा जोड दिए ।

अर्को हप्ता शनिबार २ सय २९ औँ हप्ताको वाग्मती सफाइ विजयादशमीका दिन परेकाले गुह्येश्वरी मन्दिर अघि गरिने सफाइ अभियन्ता नारायण श्रेष्ठले बताए ।

शनिबार विजयादशमी परे पनि सफाइ अभियानलाई निरन्तरता दिइने वाग्मती सफाइ महाअभियानले जनाएको छ ।

गुह्येश्वरी माथिको वाग्मती सफाइको १८९ औँ हप्तामा आज गोकर्णेश्वर नगरपालिकाको गोठाटार पुल र हनुमान वाटिका क्षेत्रमा सफाइ गरी २ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाजलगायतका संस्थाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

रुद्रमती सफाइको १८७ औँ हप्तामा आज रातोपुल–कालोपुल शहीद मार्ग हुँदै ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

सफाइपछि आयोजित दशैँको शुभकामना आदानप्रदानका कार्यक्रममा पूर्वमन्त्री थापाले उपत्यकामा चलेको सबै सफाइ अभियानको अभिभावकत्व लिएर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विष्णुमती सफाइको १५८ औँ हप्तामा नयाँ बसपार्कस्थित नदी किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

नयाँ बसपार्कबाट घर फर्कने यात्रुलाई आ–आफ्नो गाउँपालिका र नगरपालिकामा सफाइ अभियान चलाउन प्रेरणा मिलोस् भनी जनचेतनामूलक अभियान पनि चलाइएको सफाइ अभियन्ता विजेन्द्र लामाले बताए ।

चक्रपथ सफाइको २४ औँ हप्तामा आज बसुन्धरास्थित दियालो फुडल्याण्डदेखि नारायणगोपाल चोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विगत हप्तामा चक्रपथको दायाँबाया सडक सीमा मिची बनेका टहरा भत्काउदा बाँकी रहेको फोहर सफाइ गरिएको हो ।

इन्द्रमती सफाइको चौँथो हप्तामा खड्कुले पुल क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता सदिक्षा कार्कीले जानकारी दिए ।

कलंकीबाट उपत्यका बाहिर जाने बसले इन्द्रमतीमा फोहर फाल्ने गरेकाले नदीको ३ सय मिटर क्षेत्रबाट १६ मेट्रिक टन भन्दा बढी फोहर व्यवस्थापन गरिसकिएको उनले बताए ।

खड्कुलेमा नदी २५ मिटरसम्म गहिरो हुनाले पनि बढी फोहर फालिएको छ । इन्द्रमती सफाइ अभियानले आइदबारदेखि कलंकी चोकको धुलो नियन्त्रण अभियान शुरु गर्ने भएको छ ।

दशैँमा घर जाने यात्रुले श्वास फेर्न सकुन् भन्ने उद्देश्यले धुलो नियन्त्रण अभियान शुरु गर्न लागिएको हो ।

मनोहरा नदी सफाइको २७औँ हप्तामा कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित हरहर महादेव क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा ४५० अभियानकर्मीको सहभागिता थियो । मानिसको दिमागमा जमेको फोहरले नदी प्रदूषित हुने गरेकाले नदीसँगै मानिसको दिमाग पनि सफाइ अभियान चलाइने अभियन्ता रुद्र पौडेलले बताए ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर आजैदेखि पनौती नगरपालिकाको पुण्यवती नदी सफाइ अभियान पनि शुरु भएको सफाइ अभियन्ता गोविन्द काफ्लेले बताए ।

सफाइमा युरेशिया रेयुकाइ र स्थानीय सहकारीको सक्रियता थियो । सफाइका लागि आवश्यक सामग्री स्थानीय विन्ध्यवासिनी सहकारीले उपलब्ध गराएको थियो ।

यसैगरी वाग्मतीको तिलगंगा र आलोकनगर क्षेत्रमा पनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गते शनिबार तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा वाग्मती सफाइ अभियान शुरु भएपछि देशभरका ३० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...