सडक विस्तार गर्दा भत्किने घरको क्षतिपूर्ति रकम बढाउन तयारी

Sadak bistar

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारसँग काठमाडौँमा सडक विस्तार गर्दा भत्किने घरको क्षतिपूर्ति रकम बढाउन तयारी गरिएको छ ।

उपत्यका विकास प्राधिकरणले यस्तो क्षतिपूर्ति रकम बढाउन प्रस्ताव गरेको हो । कतिपय स्थानमा कम क्षतिपूर्ति भएको भन्दै काममा अवरोध भएको र समसापेक्ष प्राधिकरणले क्षतिपूर्ति बढाउन सरकारलाई अनुरोध गरेको हो ।

सरकारले आरसीसी ढलान भएका घरलाई अधिकतम् क्षतिपूर्ति दिन्छ । जस्ताले छाएका घरलाई कम क्षतिपूर्ति दिइन्छ ।अहिले सडक विस्तारबाट पीडित घरधनिलाई प्रतिवर्गफिट २४ सय रुपैयाँसम्म दिने गरिएको छ ।

यदि प्राधिकरणको प्रस्ताव सरकारले पारित गरे घर धनिले एक वर्गफिटको ३ हजार रुपैयाँसम्म प्राप्त गर्ने प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले अनलाइनखबरलाई बताए ।

प्राधिकरणले शहरी विकास तथा भवन निर्माण विभागलाई पत्र लेखेर क्षतिपूर्ति रकम बढाउन प्रस्ताव गरेको हो । प्रत्येक ३र३ वर्षमा प्राधिकरणले यस्तो क्षतिपूर्ति रकम समायोजन गर्ने गरेको थियो ।

तर, सडक विस्तारको क्षतिपूर्ति गतवर्ष मात्रै बढाइएको थियो । मूल्यवृद्धिलाई ध्यानमा राखेर वैज्ञानिक तवरमै पीडितले पाउने रकम बढाउन अनुरोध गरिएको तिवारीले बताए ।

‘क्षातिपूर्ति रकमलाई वैज्ञानिक बनाउने गरी बढाउन प्रस्ताव गरेका हौं । यसले घरधनिलाई थप राहत मिल्छ भने हामीलाई पनि सडक विस्तार अझ सहज हुन्छ’ तिवारीले भने ।

उनले समयमै क्षतिपूर्तिवापतको रकम निकासा नहुँदा घर भत्काउन तयार भएका क्षेत्रमा पनि काम अघि बढाउन नसकिएको बताए ।

विभिन्न क्षेत्रमा सडक विस्तारका लागि घरधनि सहमत भएपनि क्षतिपूर्ति दिने रकम अभाव हुँदा काम अघि नबढेको उनको दावी छ ।

‘सातदोबाटो, चापागाउँ लगायतका क्षेत्रमा सडकमा काम गर्न सकिने अवस्था छ । तर, बजेट अभावमा समस्या छ’ तिवारीले भने,’ सडक विस्तारको कामले गति नपाउनुमा अवरोध मात्रै कारण छैनन् । बजेट समयमै र पर्याप्त नपाउँदा पनि समस्या बढेको छ ।’

गतवर्ष प्राधिकरणले ७३ करोड बजेट पाएको थियो । तर, पुरानो बजेटमा आधारमा १ अर्ब १९ करोड बराबरको काम गरेको दावी तिवारीले गरे

 

प्रतिकृया दिनुहोस