वागमति सफाईमा जुटे मिस टिन

Miss tee bagmati

काठमाडौं । बाग्मित सफाई अभियानमा मिस टिन कलेजमा सहभागी ३० जना प्रतियोगीहरु सहभागी भएका छन् ।

बाग्मति सफाई अभियानको २२८ औं हप्तामा सिजन मिडियाद्धारा आयोजित मिस टिन कलेजमा सहभागी ३० जना प्रतियोगीहरु पनि सरसफाई अभियानमा सहभागी भएका हुन् ।

उनीहरु शनिवार बानेश्वरस्थित बानेश्वर क्याम्पसको अगाडी बाग्मति खोलामा सरसफाईमा सहभागी भएका थिए । उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघसंस्थाको सयौंको संख्यामा प्रतिनिधिहरुको सहभागीता थियो ।

सामाजिक उत्तरदायीत्वको ज्ञान होस भनेर मिस टिन कलेजका प्रतियोगीहरुलाई बाग्मति सरसफाईमा सहभागी गराइएको आयोजकले जनाएको छ । शनिवार बाग्मतिबाट १० टन फोहोर निकालिएको थियो । बाग्मति खोला किनारवाट निकालिएको थियो ।

 

प्रतिकृया दिनुहोस