यसरी बने बुद्ध लामा नेपाल आइडल

जसले पाए साढे ४ करोड भोट

Budha lama

काठमाडौं । नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन् ।

नेपाल आइडलका लागि खसेको कुल मत ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट मध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका थिए ।

निशान भट्टराई र प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । एपीवान टेलिभिजनले आयोजना गेको नेपाल आइडलमा उर्लाबारी मोरङका निशान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ र झरुवारासी ललितपुरका प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए ।

नेपाल आइडलका विजेता लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् ।

फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे । बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे ।

को हुन् बुद्ध ?
बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनको परिवारमा बुबा आमा नै गीत गाउँछन् ।

८ मंसिर २०५४ मा पोखरामा जन्मिएका बुद्ध लामाको परिवार पुर्ख्यौली थलो धादिङको लापाबाट पोखरा बसाई सरेको थियो ।

बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन २०११’ मा चौथो भएका थिए भने ४ वर्षअघि ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए ।

प्रतिकृया दिनुहोस