यस्तो छ २ नम्बर प्रदेशको ताजा नतिजा (सूचीसहित)

Chaunab

काठमाडौं । धिमा गतिमा भइरहेको प्रदेश नं. २ को मतगणनाको पछिल्लो अवस्थामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रदेश नम्बर २ का १ सय ३५ स्थानीय तहमा असोज २ मा भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ ।

स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका छन् । तर, धिमा गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको छ ।

अहिलेसम्म प्राप्त मतपरिणाम यस्तो छ ।

कांग्रेसले जितेका स्थानीय तह

 १. सिरहाको नवराजपुर गाउँपालिकामा विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी । 

 २. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।

 ३. सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी ।

४. धनुषाको जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी ।

५. सप्तरीको विष्णुपुरमा कांग्रेसका मेयर लिलाम्बर यादव र उपमेयरमा कांग्रेसकै जन्जीरादेवी यादव विजयी ।

६. सप्तरीको बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव र उपप्रमुखमा पुष्पमाला कुमारी मण्डल विजयी ।

७. रौतहटको परोहामा शेख वकिल प्रमुख र सुगान्ध देवी उपप्रमुखमा विजयी । 

८. बाराको करैयामाईको  प्रमुखमा  कांग्रेसका भुनेश्वर धामी र उपप्रमुखमा चित्ररेखाकुमारी चौधरी निर्वाचित

९. सर्लाहीको रामनगर गाउँपालिका प्रमुखमा कांग्रेसका कृष्णप्रसाद बर्मा र उपप्रमुखमा नितुदेवी यादव विजयी ।

१०. धनुषाको धनौजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह र उपप्रमुखमा रामवती देवी मण्डल विजयी । 

११. धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पंजियार र उपप्रमुखमा रचना श्रेष्ठ बिजयी ।

१२. सर्लाहीको हरिपूर्वाको प्रमुखमा सियाराम राय र उपप्रमुखमा चन्द्रकला देवी सुडी निर्वाचित ।

१३. पर्साको पर्सागढी नगरपालिकामा मेयर उम्मेदवार लोकनारायण यादव र उपमेयर अर्चना चौधरी विजयी ।

१४. महोत्तरीको बलवामा प्रमुख विनोद यादव विजयी ।

१५. महोत्तरीको लोहरपट्टीमा प्रमुख शैलेन्द्र यादव, उपमा सरिता शर्मा विजयी ।

१६. महोत्तरीको औरहीमा प्रमुखमा सुनिलकुमारी यादव विजयी ।

१७. बाराको निजगढमा मेयर सुरेश खनाल विजयी । उपमेयर भने एमालेबाट निर्वाचित । 

१८ सिरहाको कल्याणपुर नगरपालिकामा सूर्यनाथ मण्डल मेयर र रोहिणीकुमारी यादव उपमेयर निर्वाचित ।

१९ सर्लाहीको बसबरियामा प्रमुखमा रामअयोध्या यादव र उपप्रमुखमा राजपाका रिनाकुमारी यादव विजयी ।

२०. रौतहटको फतुवा विजयपुर गोपाल राय यादव विजयी । 

२१. रौतहटको राजदेवी नपा मेयरमा धिरेन्द्रकुमार सिंह विजयी । 

२२. धनुषाधाम नपाको मेयरमा बालेश्वर मण्डल र उपमा विद्यादेवी भूजेल निर्वाचित । 

२३. सप्तरीको अग्नीसाइर कृष्णासवरन प्रमुखमा परशुराम चौधरी र उपप्रमुखमा मिना चौधरी विजयी । 

२४. बाराको सिम्रौनगढ नगरपालिकाको मेयरमा वीजयशंकर यादव

२५. रौतहटको चन्द्रपुर नगरपालिका मेयरमा रामचन्द्र चौधरी ।

२६. रौतहटको गढीमाई प्रमुखमा श्याम यादव र उपप्रमुखमा शुभद्रा गुप्ता निर्वाचित । 

२७. धनुषाको कमला नपामा नेकाका राम उदगार गोइत विजयी । उपमेयरमा शीला देवी मण्डल विजयी । 

संघीय समाजवादी फोरम, नेपालले जितेका स्थानीय तह

१. सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।

२ सिरहाको भगवानपुर गाउँपालिकामा बेचनप्रसाद यादव प्रमुख र सीतादेवी यादव उपप्रमुखमा विजयी ।

३. सर्लाहीको पर्सा गाउँपालिका प्रमुखमा संघीय फोरमका किसुनदेव राय र उपप्रमुखमा इन्द्रकलादेवी निर्वाचित ।

४. बाराको पपचरौता नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमको रमेशकुमार यादव र उपमेयरमा राजपाका इन्दुकुमारी विजयी । 

५ सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका हेमन्तकुमार(मनोज) बहरखेर विजयी भए । उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकै तिर्थमाया मण्डल।

६ बिन्दवासिनी गाउँपालिकामा संघीय समाजवादी फोरमबाट अध्यफमा श्रीलाल साह कानु विजयी । 

७ धनुषाको गणेशमान चारनाथ नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल प्रमुखमा र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ ।

८.बाराको फेटा गाउँपालिका प्रमुखमा संघीय फोरमका अमिरीलाल प्रसाद र  उपप्रमुखमा कमरुल खातुन विजयी । 

९. महोत्तरीको सोनमा गापा अध्यक्षमा राजकुमार यादव र उपाध्यक्षमा विभादेवी विजयी । 

१०. रौतहटको देवाही गोनाही नपा प्रमुख धर्मेन्द्रप्रसाद पटेल विजयी ।

११. धनुषाको लक्ष्मनिया गाउँपालिकाकाे अध्यक्षमा विन्देश्वर यादव र उपाध्यक्षमा इन्द्रकला यादव विजयी ।

१२. रौतहटको बौधीमाई नगरपालिका प्रमुखमा राजु यादव / उपप्रमुखमा प्रेमलता कुसहवा विजयी ।

 राजपाले जितेका स्थानीय तह

१. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी

२. बाराको देवतालका प्रमुखमा राजपाका चन्दन सिंह र उपप्रमुखमा रामपतिदेवी महतो निर्वाचित । 

३. सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्षमा राजपाका रामप्रसाद राय यादव र उपप्रमुखमा  सुनितादेवी विजयी । 

४‍. महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा राजपाका सुनिला यादव र उपाध्यक्षमा सीतादेवी साह विजयी । 

५. सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा राजपाका शिवनारायण साह र उपप्रमुखमा इन्दुदेवी चौधरी निर्वाचित । 

६. सर्लाहीको ब्रम्हपुरी गापा अध्यक्षमा राजपाका विनोदकुमार साह र उपाध्यक्षमा गीतादेवीको जित । 

७. सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षमा राजपा नेपालका हरेराम यादव र उपाध्यक्षमा बेचनीदेवी सरदार विजयी ।

८. महोत्तरीको मटिहानीमा राजपाका हरिप्रसाद मण्डल निर्वाचित । उपमेयर पनि राजपाकै ।

९. बाराको परवानीपुर गाउँपालिका  अध्यक्षमा हरिनारायणप्रसाद साह, उपाध्यक्षमा सावित्री देवी निर्वाचित । 

१०. सर्लाहीको बलरा नगरपालिकामा मेयरमा अभयकुमार सिंह र उपमेयरमा रामसखी देवी विजयी । 

११. रौतहटको गौर  नगरपालिका प्रमुखमा राजपाका अजय गुप्ता / उपप्रमुखमा किरण ठाकुर निर्वाचित ।

१२. महोत्तरीको भंगाहाको प्रमुखमा राजपाका सन्जीव साह र उपप्रमुखमा गंगादेवी सिंह विजयी । 

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी ।

२. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी ।

३. पर्साको ठोरी गाउँपालिकामामा माओवादीका पदमलाल श्रेष्ठ अध्यक्ष र शान्तिमाया थिङ उपाध्यक्ष निर्वाचित ।

४. रौतहटको मौलापुर नगरपालिका मेयरमा माओवादी केन्द्रका रीनाकुमारी साह र उपमेयरमा गौरीशंकरप्रसाद विजयी ।

५. सिरहाको औरहीमा माओवादी केन्द्र सिदार्थ यादव र देवझरी देवी यादव विजयी । 

६. महोत्तरीको गौशालामा माओवादी केन्द्र विजयी भएको छ । 

७. महोत्तरीको सम्सीमा प्रमुख माओवादी विजयी ।

८ सिरहाको धनगढीमाईमा माओवादी विजयी ।

९ सिरहाको मिर्चैया नगरपालिकामा मेयरमा श्रवणकुमार यादव र उपमेयरमा जिवछी देवी विजयी ।

१०. धनुषाको सहिदनगर नपाको मेयरमा उदयकुमार बरबरिया यादव र उपमा शिलादेवी कापर । 

११. पर्साको छिपरहरमाई गापा अध्यक्षमा मनोजकुमार मोदिना  विजयी । 

१२. महोत्तरीको रामगोपालपुरको प्रमुखमा अशोक मण्डल र उपप्रमुखमा सीतादेवी साह विजयी । 

१३. रौतहटको यमुनामाइको प्रमुखमा श्रीप्रसाद मुखीया बीन र उपमा गीतादेवी साह निर्वाचित । 

१४. वाग्मती नगरपालिकामा मेयरमा भरतकुमार थापा  र उपमेयरमा लीलाकुमारी मोक्तान जितेकी छन् 

एमालेले जितेका स्थानीय तह

१ धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी ।

२ सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी

३ पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी । 

४ धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी ।

५. सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी चौधरी निर्वाचित । 

६ धनुषाको मिथिला बिहारीमा एमालेका अनिल यादव प्रमुख र अनिताकुमारी साह उपप्रमुखमा विजयी ।

७ सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका प्रमुखमा एमालेका केदारनाथ यादव र उपप्रमुखमा एमालेकै अमलादेवी यादव विजयी ।

८. सिरहाको सुखीपुर नगरपालिका मेयरमा रामऔतार यादव र  उपमेयरमा रेणुदेवी साह विजयी ।

९. एमालेले सर्लाहीको लालबन्दीमा प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेको छ ।  प्रमुखमा मानबहादुर खड्का र उपप्रमुखमा शान्तिकुमारी लामाले जितेका हुन् ।

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी

२. रौतहटको ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक फोरमका सन्तोषकुमार मेहता र उपमेयरमा हुसने आरा निर्वाचित । 

३. बाराको विश्रामपुर गापाको प्रमुखमा अमिरीलाल राउत र उपमा सुमित्रा देवी निर्वाचित 

नेपाली जनता दलले जितेका स्थानीय तह

१ कालिकामाई गाउँपालिकाको प्रमुखमा नेपाली जनता दलका नथुनीप्रसाद र उपाध्यक्ष पदमा संघीय समाजवादी फोरमका राजेशप्रसाद चौरसिया विजयी ।

नयाँ शक्ति पार्टी नेपाल

१. सप्तरीको छिन्नमस्ता गाउँपालिका प्रमुखमा नयाँ शक्तिका सूर्य नारायण मण्डल विजयी। उपप्रमुखमा राजपाकी उषादेवी।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...