प्रहरी र गुण्डाबीच राजधानीमा गोली हानाहान

Goli hanahan

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

काठमाडौंको पेप्सीकोला शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका गुण्डाहरुले मनहरा खोला नजिकैबाटै गोली चलाएको प्रहरीको भनाई छ । केहीबेरसम्म दोहोरो फाइरिङ भएको स्थानीयले बताएका छन् ।

दोहोरो फाइरिङ हुँदा चक्रे मिलन समुहका रामेश्वर गौतम घाइते भएका छन् । उनलार्इ घुँडामुनि गोली लागेको छ । उनी चक्रे मिलनका सहयोगी हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो घटनामा संलग्नहरुको प्रहरीले खोजी गर्न थालेको छ ।

हतियारसहित गुण्डाहरु भेला भएको सूचना पाएर पेप्सिकोलामा पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीमाथि सो समुहले अकस्मात दुई राउण्ड गोली चलाएपछि प्रहरी टोलीले पनि जवाफी कारबाहीमा गोली चलाएको प्रहरीको दावी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...