६९ स्थानीय तहमा कांग्रेसले जित्यो २४ स्थानीय तह

माओवादी केन्द्र र संघीय समाजवादी बराबरी, गच्छदारलाई लाग्यो धक्का

Nirwachan 3

काठमाडौं । प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसले २४ स्थानीय तह जितेको छ । अझै केही स्थानमा कांग्रेसको अग्रता कायमै छ ।

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले २४ स्थानीय तह जितेको हो ।

शुक्रबार साँझ ६ बजेसम्म स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका २४ स्थानमा जित हात पार्दा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले बराबरी स्थानीय तह जितेका छन् । दुबैले हालसम्म १३/१३ स्थानीय तह जितेका छन् ।

पहिलदो र दोस्रो चरणको निर्वाचनमा पहलिो बनेको नेकपा एमाले र दुबैचरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा बराबरी स्थानीय तह जित हात पारेका छन् । दुबै दलले हालसम्म ८/८ स्थानीय तह जित हात पारेको छन् ।

यता उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरमले २ स्थानीय तह मात्रै जितेको छ । बरु उसलाई नेपाली जनता दलका उम्मेदवार १ स्थानीय तहमा जित हात पारेर टक्कर दिएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार शुक्रबार साँझ ६ः०० बजेसम्म ९ सय ७ वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतगणना बाँकी रहेका ६७ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका छन् । ती सथानहरुमा सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्णरूपमा जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...