जनता र प्रहरी मिले पछि गुण्डागर्दी, मानव तस्करी, चोरी, डकैती र भ्रष्टाचार अनत्य हुने : गृहमन्त्री शर्मा

Img 0133 (1)

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अब जनता र प्रहरी मिलेर सुचना आदान प्रदान गर्दै, गुण्डागर्दी, मानव तस्करी, चोरी, डकैती र भ्रष्टाचार अनत्य गर्ने बताए ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित पुलिस क्लबमा आयोजित ‘प्रहरी हाम्रो टोलमा’ अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री शर्माले सो कुरा बताए ।

जनतालाई कुनै पनि समस्या पर्दा उनीहरुले एक नम्बरमा सम्झिनेनै प्रहरी भएको बताउदै, टोल टोलमा प्रहरीहरुले जनताका समस्या समाधान गर्दै अगाडी बढने बताए ।

साथै उनले समृध्दी र सुरक्षा एउटै सिक्काको दुई पाटा भएको जिकीर गर्दै, जब सम्म जनताले आफुलाई सुरक्षित महशुस गर्दैनन देशले सम्पन्नता हासिल न गर्ने बताए ।

‘जानकारीको अभावमा जनता थप मारमा परेका छन,’ उनले भने ‘अब जनता र प्रहरी मिलेर सुचना आदान प्रदान गर्दै, गुण्डागर्दी, मानव तस्करी, चोरी, डकैती र भ्रष्टाचारको अनत्य हुने छ ।’

मन्त्री शर्माले यसका लागि थप जनशक्ति नथपी उपलब्ध प्रहरीलाईनै परिचालन गर्ने समेत जानकारी गराए ।
‘त्यसका लागि स्थानीय सरकार, नागरिक अगुवाहरु र जनतासँगको सहकार्य अनिवार्य हुनछ ।’

उनले गृह प्रशासनमा सरुवा बढुवाका लागि छुट्ठै ऐन बन्दै गरेको स्मरण गराउदै, प्रहरीलाई चिन्ता मुक्त गराई उच्च मनोबल स्थापना गर्नेे सोच रहेको समेत उल्लेख गरे ।

गृह राज्य मन्त्री स्याम कुमार श्रेष्ठले सो कार्यक्रम कार्यान्वयनमा जादाँ एकरुपता हुनु पर्नेमा जोड दिँदै, सुशासन सहितको प्रहरी प्रशासन अहिलेको आवश्यकता भएको बताए ।

गृह सचिव लोकदर्शन रेग्मीले सम्पुर्ण स्रोत र साधनको प्रयोग गर्दै, ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रमलाई मन मसतिस्कमा राखेर सफल पार्ने प्रतिबद्धता जाहेर गरे ।

प्रहरी महा निरीक्षक प्रकाश अर्यालले समुदायको सुरक्षको आधार जनता आफै भएको बताउदै परिवर्तित परिवेशको गतिसँगै नेपाल प्रहरी पनि विकसीत हुने बताए ।

नागरिक प्रहरीको संयुक्त संयन्त्र ‘नागरिक सुरक्षा समन्वय समिती’ निर्माण गर्ने र महिनामा एक पटक अनिवार्य ‘प्रहरी हाम्रो टोलमा’ विषयक अनिवार्य अन्तरकृया संचालन गर्ने योजना रहेको छ ।

सोही अन्तरगत बर्षमा एक परिवारसँग प्रहरीले २ पटक अनिवार्य भेटनु पर्ने नियम बनेको छ । घोषणा कार्यक्रम अघि आजै बिहान प्रभात फेरीको आयोजना गरिएको थियो ।

यद्दपी सडक अवरुद्ध नगरी सडक पेटी हुँदै ¥याली सहिदगेट हुँदै पुनः पुलिस क्लबमा फर्केको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...