चुनावी परिणामबाट बिचलित नहुन नेता कार्यकर्तालाई ओलीको आहृवान

‘एक्लै कोही पनि हामीसँग मुकाविला गर्न सक्दैन, एमालेविरुद्ध मोर्चावन्दी भयो’

Pk oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ को चुनावी परीणामलाई लिएर बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।

पार्टी केन्द्रीय कमिटीको ८ औं बैठकमा ओलीले प्रदेश २ मा एमालेविरुद्ध मोर्चावन्दी भएको बताए । त्यसका बावजुद एमालेको कमजोर परीणाम नआएको बताउँदै उनले भने, ‘होला, १०/२०, १००/५० भोटले हारेको पनि होला । कतिपय धाँदली गरेर हराइएको होला । तर, छ्या है भन्ने गरी आएको छैन ।’

कुनै ठाउँमा धक्का खाएको भए सावधान हुनुपर्ने बताउँदै उनले भने, ‘हतोत्साहित हुनु पर्दैन ।’

एमाले अध्यक्ष ओलीले केन्द्रमा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे । ‘एक्लै कोही पनि हामीसँग मुकाविला गर्न तयार छ्रैन,’ एमालेविरुद्ध बेग्लै ढंगले तयारी भइरहेको भन्दै उनले भने, ‘आगामी सरकार एमालेले बनाउँछ, केन्द्रमा बहुमतका साथ बनाउँछ । प्रदेशहरुमा पनि बहुमतका साथ सरकार बनाउँछ ।’

एक वर्षदेखि बस्न नसकेको नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु भएको हो । १२ असोज ०७३ यता एमालेको केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...