आर्थिक विकास र समृद्धिका लागि सबै लाग्नुपर्छ : सञ्चारमन्त्री बस्नेत

Mohan bahadur basnet c

भक्तपुर । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसंगै मुलुकलाई आर्थिक संमृद्धितर्फ लैजान सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

मध्यपुर ब्याइज ब्याण्डले मध्यपुरथिमिको गठ्ठाघरमा विजया दशमी तथा दीपावलीको अवसरमा आयोजना गरेको ओपन रोड शो को उद्घाटन गर्दै उनले भने ‘प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनलाई भब्यताका साथ सफल गरेर मुलुकमा देखिएको राजनीतिक अन्र्यौलता, अस्थिरता र राजनीतिक वादविवाद अन्त्य गरी मुलुकको आर्थिक विकास एवं समृद्धिका लागि सबै लाग्नुपर्छ ।’

मन्त्री बस्नेतले मुलुकप्रतिको दायित्व निर्वाह गर्न युवा वर्गको भूमिका महत्वपूर्ण हुने बताउँदै संविधानलाई कार्यान्वयन गरेर राजनीतिक निकास दिनुपर्नेमा जोड दिए ।

सञ्चार मन्त्रालयले ३ महिनाभित्र यो देशलाई के दिनसक्छ भनेर आफूले दिनरात काम गरिरहेको चर्चा गर्दै उनले भने ‘मेरो मन्त्रालयको जिम्मेवारी पूरा गर्न र थोरै समयमा यो मुलुकका जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्न मैले दिनरात काम गरिरहेको छु ।’

मन्त्री बस्नेतले नेपाली जनताले चाहेजस्तै गरी काम गर्नसक्ने वातावरण अब सिर्जना हुने बताउँदै संविधान कार्यान्वयनले मुलुक प्रगतितर्फ फड्को मार्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका संयोजक एवं मध्यपुर ब्याइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले तिहारको अवसरमा आमनागरिकलाई तनाबबाट मुक्त गरी मनोरञ्जन प्रदान गर्न खुल्ला रुपमा कन्सर्टको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा चर्चित गायक नवीन के भट्टराई, टिसा ब्याण्ड, मध्यपुर बोइज ब्याण्ड, सुनिल बज्राचार्यलगायत विभिन्न ब्याण्ड एवं गायकले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने कार्यक्रममा हास्य कलाकार महादेव त्रिपाठीको आकर्षक प्रस्तुति र अन्य कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...