कुखुरा फार्मबाट मनग्य आम्दानी

Asw

कञ्चनपुर । बैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका ६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गरेका छन् ।

फार्ममा रानाले ब्वायलर कुखुरापालनका लागि चार लाख ५० हजार बैंकबाट कर्जा लिई उनले कुखुरापालन गर्दै आएका हुन् । रानाले डेढ वर्षको अवधिमै सात लाख ५० हजारभन्दा बढी आम्दानी गरेका छन् ।

उनले दाना र औषधि खर्च कटाएर प्रतिलटमा एक लाख ५० हजार आम्दानी गर्दै आएको बताए । “कुखुरा फार्मको व्यवस्थापन गर्न सके आम्दानी चाहे जस्तै लिन सकिन्छ”, उनले भने । बैंकबाट लिएको कर्जा पहिलो वर्षमै चुक्ता गरी आम्दानीको बाँकी रकम परिचालन गरी कुखुरापालन गर्दैआएको रानाले बताए ।

स्थानीय बजारमै कुखुराको अधिक माग भएकाले फार्मबाटै कुखुरा बिक्री हुन्छ । “कुखुरा बिक्री गर्न बजार चाहार्दै हिँड्नु परेको छैन,” उनले भने ।

प्रतिकृया दिनुहोस