रानधानीका पार्कको सफाईमा प्राधिकरण उदासीन

Bhai kaji tiwari

काठमाडौं । सहरी विकास मन्त्रालयले भदौंसम्ममा राजधानीमा रहेका सबै पार्क तथा सार्वजनिक स्थलहरु सझासुग्घर गर्ने निर्णय गरेपनि यसको कार्यान्वयन भएको छैन ।

राजधानीका सार्वजनिक स्थल तथा पार्कहरुको सरसफाई र हराभरासहित सुन्दर बनाउने जिम्मेवारी काठमाडौं उपत्यका विकास प्राधिकरणले लिएको थियो ।

सहरी विकास मन्त्री प्रभु साहले मन्त्रालयले जिम्मेवारी सम्हालेलगतै असार तेस्रो साता भदौं मसान्त भित्रमा सबै पार्कहरुलाई व्यवस्थित रुपमा सरसफाई गरी सुन्दर र आकर्षक बनाउन मन्त्रालयगत निर्णय नै गरेका थिए ।

यो जिम्मेवारी प्राधिकरणका प्रमुख आयुक्त डा. भाईकाजी तिवारीले पाएका थिए । तर अहिलेसम्म निर्णयको कार्यान्वयन त के काम समेत सुरु भएको छैन ।

पार्कमा बोटविरुवा सजावट र सरसफाईको जिम्मेवारी प्राधिकरणको भएपनि अहिलेसम्म कुनै पनि काम सुरु नभएको हो ।

मन्त्री साह भने मन्त्रालयले गरेको निर्णय कार्यन्वयन नभएकोमा असन्तुष्टि भएका छन् । साहले सफाई जस्तो काम आफै जानेर गर्ने हो अझै निर्णय गर्दा समेत कार्यान्वयन भएन कर्मचारीको काम गराईको तरिक देख्दा आफैलाई दिक्क लागेको उनको गुनासो छ ।

आफनो घर कोठाको सफाई गर्न कसैको आदेश र निर्णय पर्खिन नपरेजस्तै सम्बन्धीत मातहतकमा निकायले गर्ने दैनिक काम पनि सहज रुपमा गर्नु पर्ने हो तर त्यस्तो हुने गरेको छैन कुनै पनि सरकारी निकार्यमा यो आफैमा हेपाहा प्रवृतिको विकास भएको रुपमा लिन सकिन्छ, मन्त्री साहको भनाई छ ।

राजधानीका सार्वजनिक स्थल तथा पार्कहरु सहरी विकास मन्त्रलाय मातहतका निकायले संरक्षण, सम्बद्धन र व्यवस्थापन गर्ने जिम्मेवारी छ ।

चाडपर्वसँगै राजधानीका अधिकास सार्वजनिक क्षेत्रहरुको सरसफाई गर्ने जिम्मेवारी मन्त्रालयले प्राधिकरणलाई दिएपनि अझैसम्म काम गर्न नसकेको आरोप मन्त्रालयका पदाधिकारीको छ ।

प्राधिकरणका प्रमुख आयुक्त तिवारीले बैठकमा आफुले काम पुरा गर्ने बचनसहित जिम्मेवारी सम्हालेका भएपनि केही पनि काम सुरु गर्न नसकेको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।

उनले भने तिवारीजीले भदौं मसान्त भित्रमा राजधानीका पार्कहरुलाई सुन्दरता दिन हौसिएको भएपनि स्वयम् उहाँकै कारण अहिलेसम्म कुनै पनि काम अनुभूति गर्ने गरि नतिजामा ल्याउन नसक्ने किन जिम्मेवारी लिएका होलान् ।

यता तिवारी भने टुडिखेललाई सफा गर्न खोजेको भएपनि नसकिएको बताए । उनले अहिले सेनाले निर्माण सामग्री राखेकाले समस्या भएको बताएका छन । शंखमुल पार्क, नारायण गोपाल चोक, नयाँ बसपार्कलगायतका क्षेत्रमा भने काम भएको तिवारीको दाबी छ ।

यता राजधानीको फोहोर उठाउन बन्द भएकाले पनि सफाईमा समस्या भएको उनको भनाइ छ । फोहोर मेलाको व्यवस्थापन गर्ने आफनो नियन्त्रण भन्दा बाहिर भएको सार्वजनिक स्थलबाट फोहोर नउठ्दाँ समयमै काम हुन नसकेको उनी स्विकार गर्छन ।

सार्वजनिक स्थलमा क्रमशः सफाई भएको भन्दै उनले भने आफु कुचो लिएर बडाने होइन सफाई गर्ने आफनो बार्षिक कार्यक्रम पनि होइन यो त आफ्नो क्षेत्रभन्दा बाहिरको कुरा हो यसमा समन्वय मात्र गर्ने हो ।

तिवारीलाई मन्त्रलायले उपत्याका भित्रका पार्क तथा सडकहरुमा हरियारी बनाउन बोटविरुवा लगाउने, भएकालाई उचित संरक्षण गर्ने सार्वजनिक स्थलहरु पूर्णरुपमा सफा गरि व्यवस्थापन गर्न भनिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...