रामेछापमा बस दुर्घटना ३ मृत्यु, २० घाइते

Buss accident kavre

रामेछाप, ६ असोज – रामेछापबाट काठमाडौं आउँदै गरको बस रामेछापमै दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर ३ जनाको निधन भएको छ भने २० जना घाइते भएका छन् । रामेछापको बाबियाखर्क भन्ने ठाउँमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रामेछाप भंगेरीका दीपक श्रेष्ठ र अन्य २ जना महिला रहेका छन् । उनीहरुको नाम खुल्न सकेको छैन ।

रामेछापको च्यास्कुबाट यात्रु लिएर काठमाडौं हिडेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस रामेछाप नगरपालिका वडा नम्बर ८ वावियाखर्क भन्ने ठाउँमा सडकबाट अन्दाजी करिब ३० मिटर तल खसेको हो ।

दुर्घटनाबाट घाईते भएका १७ जनाको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भईरहेको छ ।

घाइतेहरुलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।

घाईतेलाई उद्धार गरी प्रथमिक स्वास्थ्य केन्द्र मन्थली, तामाकोसी सहकारी अस्पताल र जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत तामाकोसी अस्पताल मन्थलीमा ल्याईएको थियो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...