मिर्चैयामा माओवादी केन्द्र, कल्याणपुरमा काँग्रेस र नरहामा एमाले विजयी

लहान । दोस्रो संविधानसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपालिका प्रमुखमा माओवादी केन्द्र का श्रवणकुमार यादव ४ हजार ७३६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम यादवले तीन हजार ९३ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै जिवछी देवीले ४ हजार ९३९ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निरसलादेवी साहले ३ हजार १४१ मत प्राप्त गरे ।

यससँगै माओवादी केन्द्रले हासम्म सिरहाको चार स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले जितेको छ ।

प्रमुखमा काँग्रेसका सूर्यनाथ मण्डल ४ हजार ८०८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रामबाबु यादवले ४ हजार ६०६ मत प्राप्त गरे ।

उपप्रमुखमा काँग्रेसकै रोहणी कुमारी यादव ४ हजार ६६४ मत प्राप्त गरी विजयीभएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै उम्मेदवार मसुदा खातुनले ४ हजार ४३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै काँग्रेसले हालसम्म सिरहाको २ स्थानीय तह जितेको छ ।

यसैबीच, सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै, नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी यादव निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित रामशरणले १ हजार ६५६ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अध्यक्ष उम्मेदवार रामसोगारत यादवले १ हजार ४७८ मत प्राप्त गरे ।

यस्तै, नरहा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित एमालेकै गुलावदेवीले १ हजार ८५५ मत प्राप्त गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...