धनुषाको क्षीरेश्वरनाथ नपामा काँग्रेस विजयी

पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी4210

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । दुवै पदमा काँग्रेसले २ हजारभन्दा बढी मतको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

प्रमुखमा योगेन्द्र पञ्जियारले ५ हजार ५९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले ३ हजार १०५ मत प्राप्त गरे । उपप्रमुख पदमा नेपाली काँग्रेसका रचना माथेमा विजय भएकी छन् । छ ।

उपप्रमुख पदमा रचना माथेमाले ५ हजार ७०१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यशोदा यादवले ३ हजार २८९ मत प्राप्त गरे ।

क्षिरेश्वरनाथ नपाको वडा नं १, ३, ४, ५, ६, ८ र ९ मा काँग्रेसको प्यानल, वडा नं २ मा एमालेको प्यानल र वडा नं ७ मा अध्यक्षसहित ४ पदमा एमाले र एक सदस्य काँग्रेस विजयी भएका छन भने वडा नं १० मा स्वतन्त्रको पंखा छापबाट राम पदारथ यादव वडाध्यक्षमा विजयी भएकी छन् ।

धनुषाका १८ स्थानीय तहमध्ये सात तहको परिणाम सार्वजनिक हुँदा काँग्रेस ४ तहमा विजयी भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...