दशैं लागेपछि शुरुभयो थारु गाउँवस्तीमा सखिया नाचको रौनक

Www

काठमाडौं । दशैं नजिकिएसंगै सामाजिक सदभाव र धार्मिक भावनाले ओतप्रोत थारु नाच सखिया, झुम्रा, मुंग्रहवा, हुरदुङ्गवा नाचको रौनकता थारू गाउँबस्तीमा शुरुभएको छ ।

हरेरीपूजा सकेर त्यहीदिन मादल साजेर सुरुवात गरिने झुम्रा मुंग्रहवा नाच र श्री कृष्ण जन्माष्टमीका दिनदेखि शुरुवात गरेर दशैँसम्म गरिने सखिया नाचलाई थारू समुदायले गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी नाच्ने गर्दछन् ।

मन्द्रहुवा, कात्घोरिया, बार्कानाच तीन महिनासम्म गरेर मनोरञ्जको साधन पहिलेका थारु समुदायले बनाएका थिए । त्यस्तै पहिले कम्तीमा एक महिनासम्म आयोजना गरिँदै आएको सखिया, मुंग्राहुवा नाचलाई हाल छोट्याएर दशदेखि पन्ध दिनसम्म सीमित गरेको देखिन्छ ।

गाउँका भल्मन्सा, बड्घरीया, गुरुवा, केसौका चिरक्या किसानहरुको बैठक बसेर नाचको व्यवस्थापनको चाँजोपाँजो मिलाएपछि नाच सुरु हुन्छ । गुरुवाले तान्त्रिक विधिद्वारा नाचमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी नाचको प्रारम्भ गर्दछन् ।

सखिया नाचमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नाचमा मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नाचको बीच–बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ ।

अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिन्छ । नाचमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या, अगुन्नीया’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भन्ने गरिन्छ । नाचमा मादलको तालसँगै युवतीले नाच्ने गर्दछन् ।

जसलाई थारू भाषामा खोटपैँया भन्ने गरिन्छ । पैँया २२ प्रकारका हुने गरेको भए पनि हाल मदारीले आफैँ सृजना गरेर पैँयाको तरिकामा परिर्वतन पनि गर्छन् । सखिया, मुंग्राहुवा नाचमा मादलको ताल र गीतसँगै नाचने युवा युवतीले खुट्टाको तालसगै शरीरलाई मोडेर उत्साहप्रदरुपमा नाच्छन् ।

पौराणिक मनमोहित गर्ने नाचलाई हेर्नेको समेत थारू गाउँमा निकै भीड लाग्ने गर्छ । दशैँको सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने नाच अष्टमीको रातभरि आयोजना गरिन्छ । अष्टमीको रातभरि आयोजना गरिने नाचलाई भेडुवा जगेर्ना भन्ने गरिन्छ । यो दिन थारू समुदायले कुभिण्डोको भेडा बनाई बलि दिने परम्परा छ ।

नाच सामूहिकरुपमा प्रस्तुत गरिने भएकाले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दा बीचको मनमुटाव र झगडा हटाई मेलमिलाप बढाउँछ । धार्मिक मान्यताअनुरुप नाचको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगब्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास छ ।

पौराणिक धार्मिक मूल्य मान्यता बोकेका गीत, नाच संरक्षणप्रति थारु युवाले जागरुकता देखाउन थालेपछि आधुनिक शैलीमा उतार्दै विभिन्न ठाउँमा थारु होमस्टे बनाएर बाह्रै महिना हेर्न मिल्ने गरी संरक्षणमा थप टेवा पु¥याउन लागिपरेका छन् ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नाचको आरम्भ र अन्त्य गरिने भएकाले नाचमा थारू समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ । हराउँदै गएको संस्कृति जोगाउन युवापिँढी अगाडि सर्न थालेपछि पहिचान जोगिदै गएको मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...