संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य : प्रम देउवा

Deuba

न्यूयोर्क। प्रधानमन्त्री एवं नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न हुनु आवश्यक भएको बताए ।

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उनको सम्मानमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको स्वागत समारोहमा सो कुरा बताए ।

लामो राजनीतिक लडाइँपछि जनताले आफ्ना जनप्रतिनिधिमार्फत नेपालको संविधान जारी गर्न सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले भने ‘स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको महत्वपूर्ण चरण सम्पन्न हुनेछ ।’

नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा शन्ति प्रक्रिया थालनी भई अन्तिम चरणमा पुगेको बताउँदै उनले संविधान कार्यान्वयनपछि नेपाल समृद्धिको दिशामा अघि बढ्ने धारणा व्यक्त गरे ।

उनले मुलुकमा बहुदलीय व्यवस्था आएपछि सर्वसाधारणका लागि राहदानी सहजरुपमा उपलब्ध हुन लागेको स्मरण गर्दै तत्काल कानूनी व्यवस्था नभए पनि गैरआवासीय नेपालीले नेपाली नागरिकता पाउने सम्भावना रहेको औँल्याए ।

कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले प्रधानमन्त्री देउवाको सुझबुझपूर्ण राजनीतिक परिपक्वताले नै नेपालमा सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको र निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धारणा राखे ।

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा असोज ४ गते यहाँ आइपुगेका हुन । प्रधानमन्त्री देउवाले असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाका साथ उपप्रधानमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...