राजविराजमा फोरम अगाडि,

Foram

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा हिजो शुरु भएको मतगणना शुक्रबार पनि जारी रहेको छ । राजविराज नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यालयले दिएको मतपरिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार भीमराज यादवले ६३ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । फोरम नेपाललाई पछ्याउँदै राष्ट्रिय जनता पार्टी राजपा नेपालका शम्भु यादवले ५० मत प्राप्त गरे ।

त्यस्तै, नेकपा एमालेका शुखराम यादवले ३५ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका अनिस अन्सारीले ३५ मत प्राप्त गरे । नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी २४ र नेपाली काँग्रेसका धु्रवदेवले १२ मत प्राप्त गरे ।

यसैगरी, हनुमाननगर कंकालनी नगरपालिकामा पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच कडा प्रतिस्पर्धा रहेको पाइएको छ ।

पछिल्लो परिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले ३ हजार १ सय १२ मत प्राप्त गरी अगाडि रहेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका प्रमुख उम्मेदवार शैलेशकुमार साह २ हजार ६ सय १० मत प्राप्त गरी दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच, अन्य स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस