बारागढीमा ३ दिनदेखि मतगणना अवरुद्ध

करैयामाईमा कांग्रेस र देवतालमा राजपा विजयी

Bara mat ganana 5

बारा । ३ दिन दिनदेखि स्थगित भएको बारागढी गाउँपालिकाको मतगणना अझै सुचारु हुन सकिरहेको छैन ।

४८ घन्टादेखि स्थगन भएको मतगणना सुचारु गर्ने प्रयास भएको भए पनि हालसम्म राजनीतिक तवरमा सहमति बन्न नसक्दा अझैं मतगणना सुरु हुन सकेको छैन ।

खसेको मत भन्दा बढी मत आयो भनेर स्थानीय राजनीतिक दलहरुले मतगणना कार्य अवरुद्ध गर्दै आएका छन् । लामो समयदेखि मत गणना कार्य स्थगित भएपछि पुनः गणनाका लागि विभिन्न राजनीतिक दलहरुबीत पटकपटक छलफल भइरहेको छ । तर, अझैं सुचारु हुने अवस्था छैन ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतले पुनः निर्वाचन गर्न माग गरिरहेका छन् । यही कारण पनि मतगणना कार्य सुचारु हुसकरिहेको छैन ।

त्यसैगरी बारगढी र महेन्द्र आर्दश कोतवाल गाउँपालिका स्थगित भएको मतगणना अर्झै सुरु हुन सकेको छैन । यता कोल्हवी नगरपालिकामा भने झण्डै १६ घन्टादेखि मतगणना सुचारु भएको छ ।

करैयामाई गाउँपालिकामा कांग्रेस विजयी
करैयामाई गाउँपालिकामा कांग्रेसका उम्मेदवार १७० मतले अन्तरले विजयी भएका छन् । कांग्रेस  भुनेश्वर धामीले ३ हजार ३ सय २९ मत ल्याई विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी संघीय समाजवादी फोरमका शम्भुप्रसाद यादवले ३ हजार १ सय ५९ ल्याए । उपप्रमुखमा पनि नेपाली कांग्रेसले नै जित हात पारेको छ । कांग्रेसकी चित्ररेखा चौधरीले ३ हजार १ सय ५९ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिद्धन्द्धी लिलादेवी पण्डितले २ हजार ८ सय १ मत ल्याइन् ।

८ वटा वडा रहेको यो गाउँपालिकामा सघीय समाजवादी फोरमले ३, नेकपा एमालेले २, नेपाली कांग्रेसले २ र माओवादी केन्द्रले १ वटा वडा जितेको छ ।

वडा नं।  ८ मा संघीय समाजवादी फोरमका सुरेन्द्र साह ६ सय ४८ मतले बिजयी भए भने वडा नं. ७ मा नेपाली कांग्रेसका वृज चौधरीले ९ सय ३८ मत ल्याई बिजयी भएका छन् ।

वडा न. १ मा संघीय समाजवादी फोरमका सोनालाल साह, वडा ६ नं. मा फोरमकै राजकुमार चौधरी, वडा नं. २ मा एमालेका सुरेन्द्र चौधरी, वडा नं. ३ मा एमालेकै देवेन्द्र केसरी, वडा नं. ४ मा माओवादी केन्द्रका जनेवा खातुन, वडा नं. ५ मा कांग्रेसका उमेश चौधरी विजयी भए ।

देवताल गाउँपालिकामा राजपाको खाता
यता बाराको देवताल गाउँपालिकामा राजपाले खाता खोलेको छ । राजपाका चन्दन सिंह २ हजार ३ सय ३० मतले बिजयी बन्दै राजपाको खाता खोल्न सफल भएका हुन् । उपाध्यक्षमा पनि राजपाकै रामपती देबी महतो २ हजार ५३ मतसहित बिजयी भएकी छन् ।

७ वडा रहेको देवतालमा ४ वडामा राजपाको पुरै प्यानलले जित हासिल गरेको छ भने २ वडामा संघीय समाजवादी फोरम र १ वडामा माओवादी केन्द्र विजयी भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...