भारतमा एक महिना नबित्दै दुई पत्रकारको हत्या

India journalis hatya

नयाँ दिल्ली । करिब दुई हप्ता अघिमात्र भारतमा एकजना उच्च दर्जाका पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको बताइएको थियो । त्यो घटना नसेलाउदै भारतमै अर्का पत्रकारको पनि कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाता सानतानु भौमिकको बुधबार हत्या भएको हो ।उनले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीका परस्पर विरोधीबीच जारी रहेको द्वन्द्वको बुधबार समाचार संकलन गरेका थिए ।

समाचार संकलनको क्रममा गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले कुटेर मारेका थिए । यस इलाकामा जारी द्वन्द्वको क्रममा एक दर्जनभन्दा बढी प्रहरी अधिकारी पनि घाइते भएका प्रहरी निरीक्षक अभिजित सप्तारसीले बताएका छन् ।

द्वन्द्व जारी रहेको इलाकामा ती पत्रकारको शव भेटिएको अभिजितले त्रिपुराबाट एएफपी समाचारलाई बताएका छन । हालसम्म पत्रकार हत्याको विषयलाई लिएर कोही पनि व्यक्ति पक्राउ परेका छैनन् । तर जारी द्वन्द्वको क्रममा भने चारजनालाई पक्राउ गरिएको एएफपी समाचारमा जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...