२३ स्थानीय तहसहित ५९५ वडाको मत परिणाम सार्वजनिक

कांग्रेस ८, एमाले र माओवादी केन्द्रका ४/४ तहमा विजयी

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणमा असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का ८ जिल्लाका १ सय ३५ स्थानीय तहमध्ये अहिलेसम्म २३ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीबाट आज ४ः३० बजे प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ८ स्थानीय तहमा, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ४/४ तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ३ तह तथा संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार २२ स्थानीय तहमा विजयी भएका छन् ।

अहिलेसम्म ५ सय ९५ वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मतगणना बाँकी रहेका १ सय १२ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगित राजविराज नगरपालिका वडा नं १५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...