लागुपदार्थ नियन्त्रणमा  

Charesh

 

काठमाडौँ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेका ना५ख ७२८६ नं.को रात्रिबसबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ नियन्त्रणमा लिएको छ ।

नियमित जाँचका क्रममा शंका लागेर बसमा यात्रा गरिरहेका दुईजना व्यक्तिबाट डाइजेल्याव, एनार्जन, नोर्फिन गरी ७५० एम्पुल लागुपदार्थ नियन्त्रणमा लिएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषिराम घर्तीले बताए ।

झोलामा लुकाई छिपाई ल्याएका र जाँचका क्रममा सो परिमाणका लागु पदार्थ भेटिएको उनले जानकारी दिए । लागु पदार्थसंगै नियन्त्रणमा लिएका दुबै जनालाई थप सोधपुछका लागि प्रहरी प्रभाग थानकोटमा पठाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...