मेयरकप फुटबल आयोजना

Foot ball

दार्चुला । खेलकुदको विकासका लागि जिल्लामा प्रथम महाकाली मेयर रनिङ कप फुटबल प्रतियोगिता आरम्भ गरिएको छ ।

नगरपालिका प्रमुख हंसराज भट्ट र प्रमुख जिल्ला अधिकारीले संयुृक्तरुमा शुभारम्भ गरेपछि शुरुभएको खेलमा प्रमुख जिल्ला अधिकारी समूहले महाकाली नगरपालिका प्रमुख समूहलाई एकका बिरुद्ध चार गोलले हराएको थियो ।

नगर प्रमुख भट्टले स्वास्थ्य र विकासका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रजिअ गौतमले खेलकुदका माध्यमबाट अनुशासित र स्वस्थ्य जनशक्ति निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।सो प्रतियोगितालाई रनिङ शिल्डको रूपमा परिणत गरी प्रत्येक वर्ष यस्ता प्रतियोगिता आयोजना हुनुपर्नेमा उनले जोड दिए ।

पुरस्कार राशि ५५ हजार ५ सय ५५ रहेको सो प्रतियोगिता यही असोज १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...