‘रुमाल चिनो मेरो मायालाई’ लिएर आए विरही (भिडियो सहित)

Rajnarayan birahi singr

काठमाडौँ । सधैं परदेशीको पीडालाई गीत संगीतमार्फत उतार्दै आएका राजनारायण ‘विरही’ले यसवर्ष परदेशीको पीडालाई गीति सौगातको रुपमा ल्याएका छन् ।

उनले यसअघि पनि दसैंमा परदेशीहरु घर फर्किन नपाएको र आउने साल त आउछु भन्ने सन्देश दिएका गीतहरु ल्याएका थिए । यो वर्ष उनले ‘रुमाल चिनो मेरो मायालाई’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गोर्खा चौतारी म्युजिकले बजारमा ल्याएको ‘रुमाल चिनो मेरो मायालाई’ राजनारायण विरहीको लय र शब्दमा तयार भएको छ । यो गीतको शब्द भने भने विरही र गोविन्द गौतमको छ । सो गीतमा गिता देवी र राजनारायण विरहीको स्वर सुन्न पाइन्छ ।

राजनारायण बिरही र गोविन्द गौतमको प्रस्तुतीको रुपमा बजारमा आएको ‘रुमाल चिनो मेरो मायालाई’ को म्युजिक भिडियोसमेत बनेको छ । यसलाई विरही आफैंले निर्देशन गरेका छन् । यसमा गोविन्द गौतम र रञ्जु सुनारले अभिनय गरेका छन् ।

यस्तो छ सन्देश
दसैं तिहार जस्ता महान चाड पर्वमा परदेशमा रहनेलाई आफ्नै देशमा आउने मन कसलाई पो हुन्न र ? आफ्नो परिवारसँग रमाइलो गरेर चाडवाड मनाउने मन कसलाई पो हुन्न र ? घरमा हुनेहरु पनि परदेशीएका आफ्नो मान्छेसँग मनका दुःखसुख साट्दै रमाउने मनलाई पिल्सिएर बस्ने रहर कसलाई हुन्छ र ?

बाध्यता सबैलाई परिवारसँगै बसेर चाडवाड मनाउने अवसर मिल्दैन । एकातिर साहुको ऋण तिर्ने पीडा त अर्कोतिर घरपरिवारलाई घर खर्च कसरी धान्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । सात समुन्द्रपारी रहेरका आफ्नो मान्छे आउने बाटो हेरिरहेका हुन्छन् । परिवारको खुसी बटुलेर परदेशिएकाको परिवारमा चाडवाड आए पनि उमंग आउँदैन ।

सकी नसकी मिठो मसिनो त खालान तर स्वादसँग खाएका हुँदैनन् । राम्रै लगाए पनि परिवारसँगै रमाएको आभास हुँदैन । परदेशमा बस्दा चाडवाडको बेलामा आफ्नो मायालुलाई केही चिनो दिन नपाए पनि मायालाई रुमाल चिनो पठाउने निधो गरेका छन् । ‘रुमाल चिनो मेरो मायालाई’ ले यस्तै सन्देश दिएको छ ।

Video

प्रतिकृया दिनुहोस