बजार अनुगमनलाई तीव्रता दिएको छ : राज्यमन्त्री विक

Rajy mantri bk

कञ्चनपुर । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताए ।

कञ्चनपुरको झलारीमा उपभोक्ता सँगको भेटघाट कार्यक्रममा उनले कालोबजारी गर्ने र उपभोक्ता ठग्नेमाथि कडा कारबाही हुने बताएका हुन ।

राज्यमन्त्री विकले आम उपभोक्तालाई सहज रुपमा उपभोग्य वस्तुहरु उपलब्ध गराउन सुपथ मूल्यका पसल खोलिएको बताउँदै काठमाडौँ र कैलालीको धनगढी बजारमा अनुगमनका क्रममा कम मूल्यका वस्तुहरु बढी मूल्यमा बेचेको पाइएको छ ।

उपभोक्ता ठग्नेमाथि कारबाही हुन्छ, उनले भने ‘चाडपर्वका बेला आपूर्ति सहज बनाउनका लागि व्यवसायी र उपभोक्तासँग छलफल गर्ने कार्यसमेत भइरहेको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...