सप्तरीमा कांग्रेस अघि, एमाले सहितका दल पछिपछि

Ganga paswan siraha

राजविराज । तेस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नेपाली कांग्रेसले सहज जित हात पारिरहेको छ । हालसम्म कांग्रेसले १० वटा वडा मा जित हात पारेको हो ।

त्यसैगरी पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले सप्तरीमा हालसम्म दोस्रो स्थानमा छ । उसले ६ वटा वडामा जितेको छ । बलियो पकड मान्दै आएको लोकतान्त्रिक फोरमले अहिलेसम्म ४ वटा वडा मात्रै जितेको छ ।

नेपाली कांग्रेसले कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा जित दर्ता गरेको छ । डाक्नेश्वरी नगरपालिका वडा नं १ र २ मा कांग्रेस विजयी भएको छ । विष्णुपुर गाउँपालिका वडा नं २ मा कांग्रेस विजयी भएको छ ।

बेल्ही चपेना गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल विजयी भएको छ । खड्ग नगरपालिका वडा नं १ मा कांग्रेस विजयी भएको छ । वडा नं २ मा पनि कांग्रेस विजयी भएको छ ।

रुपनी गाउँपालिका वडा नं ६ मा पनि कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा विजयी भएका छन् । तिलाठी कोइलाडी वडा नं ७ को वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको छ ।

एमालेले सप्तकोशी नगरपालिकाका वडा नं १, २, ३ र ४ मा जित हात पारेको छ । शम्भुनाथ नगरपालिका–१ मा एमालेको प्यानल विजयी भएको छ । डाक्नेश्वरी–९ मा एमालेका उम्मेदवार  विजयी भएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमले शम्भुनाथ नगरपालिका–२ मा प्यानलै विजयी भएको छ । छिन्नमस्ता गाउँपालिका–१ मा लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ । सुरुंगा नगरपालिकाको वडा नं ११ मा पनि नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।

सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका वडा नं २ मा राजपा विजयी भएको छ । तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नं १ मा पनि राजपाले जित हात पारेको छ । राजपाले डाक्नेश्वरी नगरपालिका वडा नं १० मा पनि जित हात पारेको छ ।

सप्तकोशी नगरपालिकाका वडा नं ५ र ६ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । सप्तकोशी नगरपालिकाकै वडा नं ७ र ८ मा पनि माओवादी केन्द्रले प्यानलसहित जित हात पारेको छ ।

डाक्नेश्वरी नगरपालिका–४ मा संघीय समाजवादी फोरमले जित हात पारेको छ । समाजवादी फोरमले बोदे बर्साइन नगरपालिका–१ मा पनि जितेको छ । बेल्ही चपेना गाउँपालिका–२ मा संघीय समाजवादीले जित हात पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...