माओवादीले खोल्यो स्थानीय तहमा पहिलो खाता

Ganga paswan siraha

सिरहा । सत्ता साझेदार दल माओवादी केन्द्रले प्रदेश नं २ मा स्थानीय तह जितेर मधेशमा खाता खोजेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने सिरहाको कर्जन्हा नगरपालिकामा माओवादीका मेयर उम्मेदवार गंगा पासवान ४ हजार ३ सय ९ मत ल्याउँदै माओवादीलाई विजयको खाता खोल्ने पहिलो मेयर बनेका छन् । उनका प्रतिद्वन्दी एमालेका मेयर उम्मेदवार रामदियाल महतोले ३ हजार १ सय ९० मत ल्याए ।

उपमेयरमा पनि माओवादीले नै जितेको छ । उपमेयरमा ज्ञानु श्रेष्ठले ४ हजार३ सय १३ मतसहित विजयी भएका छन् । उनकी प्रतिद्धन्द्धी अञ्जु रार्इले २ हजार ९ सय ४५ मत ल्याइन् ।

११ वटा वडामध्ये ९ वटा वडामा माओवादी केन्द्रको उम्मेदवार विजयी बने । यो पूर्वमन्त्री अजय शंकर नायकको गृहनगर पनि हो । कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४ सय ७४ मतदातामध्ये १२ हजार १ सय ३२ मत खसेको थियो । 

प्रतिकृया दिनुहोस