गोरखामा प्रचण्डले भने, ‘बाबुरामविरुद्ध सच्चा क्रान्तिकारी उठाएर जिताउछु’

Parchand

गोरखा । माओवादीबाट अलग बनेर नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई उनकै गृह जिल्ला पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलै चुनौती दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘क्रान्तिलाई लात हानेर हिड्ने बाबुराम भट्टराईविरुद्ध सच्चा क्रान्तिकारीलाई गोरखा क्षेत्र नं. २ बाटा उठाएर जिताउँछौ ।’

प्रचण्डले माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द, डा. बाबुराम भट्टराई र मोहन वैद्यको नीति ठिक छैन भन्ने जनताको अभिमतले देखाएको बताए । गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले भने, ‘हेर्दै जानुहोला, पार्टी फुटाएर जानेहरुले विस्तारै भोग्दै जानुहुन्छ । त्यो पनि हेर्दै जानु होला चेत खाने जति यही पार्टीमा फर्किएर आउनु हुन्छ ।’

‘जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पार्टी र नेताबाट केही गल्ती भएकै हो’ उनले भने, ‘तर, त्यसको दोष थुपारेर जानेहरु आज आफैं समस्यामा परेका छन् ।’ उनले शान्ति प्रक्रियापछि प्रतिक्रियावादीले माओवादी पार्टीलाई फुटाएको आरोप लगाउन भने पछि परेनन् ।

‘नेता, कार्यकर्तामा जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउनु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने भ्रम बाँकी छ’ उनले भने, ‘जनयुद्धताका के गर्ने, कसो गर्ने भन्ने स्पष्ट थियो, शान्ति प्रक्रियापछि रुमलिएको जस्तो भएको छ । पार्टी र नेता बिग्रिएका हुन् कि, कार्यकर्ता अल्छी भएका हुन् कि जस्तो भयो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...