पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह

Timthumb

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले बुधबार आयोजना गरेको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान’ कार्यक्रममा नेता सिंहले मंसिरमा हुन लागेको निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउन आग्रह गरेका छन् ।

‘निर्वाचनका लागि पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्नुहोस् र जिताउनुहोस्,’नेता सिंहले भने । नेता सिंहले काँग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधानको आधारमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै काँग्रेसको पक्षमा भोट माग्न कार्यकर्तालाई आग्रह गरे ।

नेता सिंहले काँग्रेसले गरेका कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए ।काँग्रेस पूर्वमहामन्त्री सिंहले पार्टी नेतृत्व संस्थागत ढङ्गले चल्न नसक्दा कार्यकर्ताप्रति निराश उत्पन्न हुँदै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...