माधव नेपाल र विमलेन्द्र निधिले जोगाउन सकेनन् आफ्नै वडा

Nepal & niddhi

काठमाडौं । प्रदेश नम्बर २ मा एमाले वरिष्ठ नेता र पूर्वप्रधानमन्त्री माधवकुरमार नेपाल र कांग्रेसको केन्द्रीय सदस्य विमलेन्द्र निधिले अाफ्नै वडामा हरेका छन् ।

२०७० काे चुनावमा निधि धनुषाबाट निर्वाचित सांसद हुन् भने नेपाल रौतहटबाट निर्वाचित भएका थिए । तराई मधेसमा निधि र नेपाल सम्मानित नेतामा पर्छन् । दुवैको आफ्नो जिल्लामा निकै पकड छ । निधि र नेपालले आफ्नै वडा जोगाउन नसके पछि राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ ।

दुवै नेताले स्थानीय तहको निर्वाचनमा आफ्नै वडा जोगाउन सकेनन् । कांग्रेसका प्रभावशाली नेता निधिको गाउँ मुखियापट्टी मुसहरनिया गाउँपालिका र हंशपुर नगरपालिकामा एमालेले वडाध्यक्ष जितेको छ ।

निधिको गृहनगर मुखियापट्टी मुसहरनिया–१ मा एमालेका कौशल यादव र २ मा नरेश यादव वडाध्यक्ष निर्वाचित भए । हंशपुर– १ मा एमाले उम्मेदवार कामेश्वर कापर वडाध्यक्ष निर्वाचित भए । निधिको गृहनगरमा एमालेको प्यानलै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि सो गाउँमा निधिको निर्देशनमा प्रहरीले मतदान अवधिभर घरमै बस्न वा गाउँ छाडेर जान एमाले कार्यकर्तालाई उर्दी जारी गरेको भन्दै प्रचार गरिएको थियो । निर्वाचनअघि भएको प्रचारका कारण निधिले आफ्नै वडा गुमाउनु पर्‍यो ।

यस्तै, एमाले नेता नेपालको घर भएको रौतहटको गौर नगरपालिका–१ मा लोकतान्त्रिक फोरम र २ मा राजपा विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा भरत साह र २ को वडाध्यक्षमा राकेशकुमार झा विजयी भए । वडा नम्बर १ एमाले नेता नेपालको घर भएको वडा हो । गौर नगरपालिकाको मेयरमा भने एमालेको अग्रता कायमै छ ।

विगतमा एमालेको संगठन नहुँदा पनि रौतहटको १ नम्बर क्षेत्रमा नेपाल सांसदमा विजयी भएका थिए । मधेस केन्द्रित दलको कोर क्षेत्रमा पर्ने गौरमा एमालेको संगठन मजबुत बनाउने नेपाल आफ्नै वडामा राजपाका उम्मेदवारलाई रोक्न सकेनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...