सप्तरीमा कांग्रेस अघि, एमाले र राजपा बराबरी

Nirwachan 3

सप्तरी । तेस्रो चरणमा भएको प्रदेश नम्बर २ को निर्वाचनको मत परिणाम धमाधम आउन थालेको छ । हालसम्मको परिणामअनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ ।

सप्तरीका १६४ वडा मध्ये १७ को परिणाम घोषणा भइसकेको छ । त्यसमा पनि नेपाली काग्रेस ८ वटा वडामा विजयी भएको छ ।पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो बनेको नेकपा एमालेल सप्तरीमा खासै उपलब्धीमुलक जित हात पार्न सकेको छैन । एमालेले हालसम्म सप्तरीमा ३ वटा वडा मात्रै जितेको छ ।

सप्तरीमा एमालेले ३ वडा जित्दा राष्ट्रिय जनता पार्टीले पनि ३ वटा वडा जितेको छ । यहाँ संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले १/१ वटा वडा मात्रै जितेका छन् ।

यसका आधारमा हेर्ने हो भने सप्तरीमा नेपाली कांग्रेसले आफ्नो बर्चश्व कायम गर्ने देखिन्छ । दोस्रोमा भने एमाले र राजपाबीच टक्कटर पर्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...