कस्तो पक्षमा आउला वीरगञ्ज महानगरपालिकाको मत ?

लोकप्रियतासँगै त्रिपक्षीय भीडन्त

Birgunj matgadana

काठमाडौँ । प्रदेश नम्बर २ को एक्लो वीरगन्ज महानगरपालिकाको मत कस्तो पक्षमा जाला भनेर सबैको ध्यान गएको छ । सबैले नेपालकै कान्छो महानगरपालिकाले कुन पार्टीका उम्मेदवारलाई जिताउला भनेर चासोका साथ हेरिरहेका छन् ।

२ नम्बर प्रदेशका १३६ स्थानीय तहका एकमात्र कान्छो वीरगञ्ज महानगरले यतिवेला सबैको ध्यान खिचोको छ । खासगरी प्रमुख राजनीतिक दलहरुले निर्वाचन भएका एक महानगरलाई आफ्नो प्रतिष्ठासँग जोडेपछि यहाँको परिणाम हेर्न देशभरका जनता आतुर छन् ।

हाल वीरगञ्ज महानगरमा मेयर पदका लागि ३५ जना प्रतिश्पर्धामा छन् । तीमध्ये कांग्रेसका अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव बढी प्रतिष्पर्धी हुन सक्छन् ।तर, पछिलला मतपरिणामले त्रिपक्षीय भिडन्त हुने देखाएको छ ।

कांग्रेसका अजय द्धीवेदी, एमालेका बसरुद्विन अन्सारी, माओवादीका रहबर अन्सारी र राजपाबाट राजेशमान सिंह स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् । तर पनि वीरगञ्जमा कांग्रेस, एमाले र राजपाका उम्मेदवारबीच नै कडा टक्कर हुने अनुमान गरिएको छ ।

सचेतना अपनाउँदै
पहिलो चरणको निर्वाचनमा वीरगञ्ज नजिकैको भरतपुर महानगरपालिकामा भएको घटनाले वीरगञ्जलाई सचेत बनाएको छ ।

कुनै अप्रिय घटना नघटोस् भनेर मत गणनास्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । सीसी टिभी जडान गरेर मतगणना गरिएको बताए । ११ गणना स्थलमध्ये ७ स्थानमा तारजालीसमेत लगाइएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...