प्रदेश नम्बर २ मा मिश्रित परिणाम

Nirwachan

काठमाडौं । तेस्रो चरणमा भएका प्रदेश नं. २ को स्थानीय तहको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । जसमा प्रमुख दलहरुबीत मिश्रित मत आएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकाको दुर्इ वडाको मतगणना सकिँदा नेपाली कांग्रेस विजयी भएको छ । वडा नं. १ र १४ नम्बर वडाको गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कांग्रेसका उम्मेदारले १ हजार ७ सय ३१ र उपमेयरले १ हजार २ सय २६ मत ल्याएका छन् । मेयरमा माओबादी केन्द्रका उम्मेदवारले ९ सय १९ र उपमेयरका उम्मेदवारले ९ सय ३३ मत ल्याएका छन् भने एमालेका मेयरका उम्मेदवारले ७ सय ६९ र उपमयेरका उम्मेदवारले १ हजार १ सय ९८ मत ल्याएका छन् ।

बटेश्वर गाउँपालिका वाडा नम्बर १ मा नेपाली कांग्रेसका शैलेन्द्र महतो प्यानलसहित निर्वाचित भएका छन् । उनले ४ सय ९२ मत पाउँदा एमालेका उमेश महतोले ३ सय ६९ र माओवादी केन्द्रका रामबहादुर महतोले ३ सय ६८ मत पाए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ वडाध्यक्षमा राजपाका उम्मेदवारले जित हासिल गरेका छन् । लक्ष्मीप्रसाद मण्डल प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा १ को अध्यक्ष जितेर माओवादी केन्द्रले महोत्तरीमा जितको सुरूवात गरेको छ । अध्यक्षमा केन्द्रका चुडामणि पोखरेल विजयी भएका छन् । उनले ७ सय ५८ मत पाएर विजयी भएका हुन् । एमालेका कुमार भण्डारीले ६ सय ६५ र कांग्रेसका भुलन सेन ठकुरीले ४ सय ६० मत पाए ।

धनुषाको शहीद नगर नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार मेयरमा फोरमका उम्मेदवारले ७ सय २३, एमालेका उम्मेदवारले २ सय १२ र माओवादी केन्द्रका उम्मेदवारले १ सय ६८ मत पाएका छन् ।

धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका प्रमोद मण्डल प्यानलसहित विजयी भएका छन् । मण्डलले ६ सय ८८ मत ल्याए । सबैला नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ। वडा अध्यक्षमा कपिल राउत ३ सय ३८ मत ल्याएर विजयी भए ।

धनुषाकै औरही नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा एमालेका उम्मेदवार शिवनाथ यादव निर्वाचित भएका छन् ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ बाट एमालेले प्यानल विजयी भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...