मिस एयर होस्टेसको चौथो संस्करणको ताज रिवा लिम्वुको हातमा

Miss air

काठमाडौं । मिस एयर होस्टेस २०१७ चौथो संस्करणको ताज धरानकी १९ वर्षीय रिवा लिम्वुले पहिरिएकी छन् । उनले ३४ जना प्रतियोगीहरुलाई पछि पारी ताज पहिरिन सफल भएकी हुन् ।

प्रतियोगितामा विजेता लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र उपाधिसहित २५ हजार नगद रुपैया र वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि १ लाख बराबरको छात्रवृति पाइन् भने एभीयसन म्यूजीएममा रोजगारीको अवसर पनि पाएकी छन् ।

फस्ट रनर अप कंलंकीकी सिजुसिंह ठकुरी भइन् भने उनैले वेष्ट ड्रेसको उपाधी प्राप्त गरिन् । मोनालिसा पाख्रीनले सेकेण्ड रनर अप र मिस पर्सनालीटीको अवार्ड पनि हात पारिन् ।

अवार्डहरुमा अर्गनाइजर च्वाइस अवार्ड दिक्षा थापा, मिस ट्यालेन्ट अनु वुढा मगर, मिस फोटोजेनिक अस्मीता बुढाथोकी , वेस्ट स्माइल पुजा खत्री, मिस फेन्डसीप अवार्ड सुप्रीया थापा मगर, मिस डिसिपिललिन अवार्ड सपना जोसी, मिस पपुलर फुरलामु सेर्पा, मिस मल्टी मिडिया एलीना श्रेष्ठ, भिर्योस च्वाइस अवार्ड वर्षा चाम्लिङ राई र वेस्ट स्कीन विमु लिम्वुले हात पार्न सफल भए ।

सिजन मिडियाद्धारा विगत ७ वर्षदेखि आयोजना गर्दै आएको सोमबार गरेकाे चौथो संस्करणको नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरन्त कंसाकारले उद्घाटन गरेका थिए । सो संस्करणमा सौर्य यएरलाइसका प्रवन्ध निर्देशक गोपाल भट्टराई, राससका अध्यक्ष कुलचन्द्र वाग्ले लगायतले विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

सो कार्यक्रममा मुख्य निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा, सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रा.डा. स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणित केसी लगायत थिए ।

प्रतिकृया दिनुहोस