खेलकुद क्षेत्रको व्यवस्थापनमा जोड दिनुपर्छ : सञ्चारमन्त्री बस्नेत

Mohan bahadur basne

 

ललितपुर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अन्तर्राष्ट्रियजगत्मा नेपाललाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका हुने बताएका छन् । 

नेपाल पौडी सङ्घ (एनएसए)द्वारा सोमबार आयोजित सातौँ एनएसए कप प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रको विकास तथा विस्तारबाट आर्थिक उपार्जनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । 

मन्त्री बस्नेतले खेलकुद क्षेत्रको उचित एंव प्रभावकारी व्यवस्थापनमा राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिदैं खेल क्षेत्रलाई व्यावसायीकरण गरिनुपर्ने धारणा व्यक्त गरे । 

जिल्ला–जिल्लामा खेलकुद मैदान तथा पौडी पोखरी निर्माण गर्न सक्यौं भने यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताउँदै स्थानीय तह, प्रदेश र केन्द्रीयसभाको निर्वाचन सम्पन्न भएपछि देशको विकास तीव्र गतिले अघि बढ्ने विश्वास व्यक्त गरे । 

सङ्घका अध्यक्ष अशोक बज्राचार्यले प्रत्येक वर्ष एनएसए कपको आयोजना गरिँदै आएको बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११२ पुरुष र ७२ जना महिला गरी कुल १८४ जना खेलाडीको सहभागीता रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...