निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा  

Thapa mantri

पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताए ।

पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशनसिटी रेवान पोखराले प्रदर्शनी केन्द्रमा आजदेखि सञ्चालन गरेको छैठौँं सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी २ निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राखे ।

मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरुको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताए ।

पोखरा सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय नगर भएको उल्लेख गर्दै उहाँले नगर रेष्टुरेन्टले स्वादिष्ट र स्वस्थ्यकर खानाका परिकार खुवाएर विदेशी पाहुनालाई सधैँ आउँ/आउँ जस्तो पार्नुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा हुने गरेका मेला र महोत्सवले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सिटी रेवान पोखराका कार्यबाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–क्षेत्रीय प्रशासक झलकराम सुवेदी, पूर्व अध्यक्ष चिरन्जीवी श्रेष्ठ, केपी शर्मा पाध्य, ९एमाले०का सचिव दामोदर बैरागी, उपभोक्तामञ्चका अध्यक्ष कपिल कोइराला र गायक पुरुषोत्तम न्यौपाने लगायतका वक्ताले आ–आफ्नो धारणा राखे ।

असोज ११ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा उपभोक्तालाई आवश्यक दैनिक उपभोग्य वस्तुलगायत खसी बोका र च्यांग्राको बिक्री वितरण गरिने छ ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत, गृहिणी एकल नृत्य, रत्यौली गीत, ढिडो खाने र भाले छोप्नेजस्ता प्रतियोगिता गरिने छ । महोत्सवमा १२५ वटा कक्ष राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...