भीमनारायण गोल्डकपको उपाधी ब्वाईज यूनियनको पोल्टामा

Vimnarayan cup

धनकुटा । ब्वाईज युनियनले शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी हात पारेको छ ।

सो प्रतियोगिताको १३ औ संस्करणअन्तर्गत आइतवार भएको फाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पिएयन बिर्तामोड युनाइटेड झापालाई ३ – २ गोल अन्तरले पराजित गदै उपाधी हात पारेको हो ।

खेलको पहिलो हाफमा कुनै गोल नभएपनि खेलको दास्रो हाफपछिको निर्धारित समयमा दुबै टिमबाट २–२ गोल भएर खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

खेलको दोस्रो हाफको ५ मिनेटमा अबिषेक लिम्बुको गोलमा ब्वाईज युनियनले अग्रता लिएको थियो । तर बिर्तामोडका कर्ण लिम्बुले दोस्रो हाफकै ३१ र ३२ औ मिनेटमा दुई गोल गरेर झापालाई अग्रता दिलाएका थिए । तर त्यसपछि झापाका दिलने लोक्तेनले डि–बक्स एरियामा गरेको फलका कारण खेलको ३४ औ मिनेटमा ब्वाईजका आसिक थापा मगरले लगाएको पेनाल्टीबाट खेल बराबरी भएको थियो ।

त्यसपछि भएको पेनाल्टी सुट आउटमा बिर्तामोडले २ गोल र ब्वाईजले ३ गोल गर्दै यूनियन बिजयी भएको हो । ब्वाईजका तर्फबाट जया गुरुङ, आशिक थापा मगर र सेडिक गुरुङले गोल गरेका थिए ।

रुपेश केसीको गोल किप्परले रोकेर बिफल भएको थियो भने माटिन्सले हानेको गोल पोलमा ठोकिएर गोल हुन सकेन ।
झापाका सुमेन मैनाली र योगेश गुरुङले गोल गरेका थिए । करण लिम्बु, बुद्ध लिम्बु र रवि थापा मगरले हानेको बल गोल रक्षकले सजिलै रोकेका थिए ।

बिजेता ब्वााईज यूनियनले उपाधिसँगै नगद १ लाख रुपैया हात र उपबिजेता झापाले नगद ५० हजार जितेको छ । फाईनल खेलको म्यान अफ दी म्याच झापाका करण लिम्बु भए भने खेल अबधि भरीका म्यान अफ दी सिरिज बिजेता टोलीका नाईजेरियन खेलाडी कोने भएका छन् ।

खेल अबधीभरी सबैभन्दा धेरै समचार सम्प्रेषण गर्ने सञ्चारकर्मीहरु हरिबहादुर लम्जेल र रविन कट्टेललाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

बिजयी खेलाडिहरुलाई शहिद पत्नि लक्ष्मी श्रेष्ठ र उनका पुत्रद्वय मनोहरनारायण श्रेष्ठ र मनोजनारायण श्रेष्ठले नगद पुरस्कार ट्रफि र मेडल प्रदान गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...